Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गजुरी–१ हाँगेटारमा चेपाङ किशोरी छात्रावासको भवन उद्घाटन

प्रत्यूष ७६७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २५, शनिबार (३ साल अघि)
गजुरी–१ हाँगेटारमा चेपाङ किशोरी छात्रावासको भवन उद्घाटन

धादिङ,२५ असार।
धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा निर्माण भएको चेपाङ किशोरी छात्रावास भवनको उद्घाटन गरिएको छ ।

साढे चार रोपनी क्षेत्रफलमा निर्माण भएको भवनको शनिबार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नभएको हो। उद्घाटनपछि मुख्यमन्त्री पाण्डेले गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठलाई भवन हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले छात्राबासमा रहने किशोरीहरुको लागी बागमती प्रदेश सरकारको तर्फबाट २० वटा कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले चेपाङ जातिको हक हितका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर काम गर्ने बताउनु भएको छ ।

No description available.

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले चेपाङ किशोरीको पढाइमा सहयोग गर्ने भन्दै छात्रावासको सही प्रयोग तथा व्यवस्थापनको लागी विकास साझेदारसँगको समन्वय तथा सहकार्य गर्ने बताउनु भएको छ । प्रयास नेपालका अध्यक्ष रेष्टन कडेलको सभापतित्वमा भएको कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिसस धादिङका उपप्रमुख कुलमान बि.क., गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, गजुरी गाउँपालिका उपाध्यक्ष सर्मिला बिसुराल,वेनिघाट रोराङका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु, नेपाल चेपाङ संघका प्रतिनिधि, शिक्षक तथा शिक्षा प्रेमीहरु, आमा समूह एवम चेपाङ वालवालिकाहरु सहभागीता रहेको थियो । कार्यक्रमको अवसरमा भवन निर्माण सहयोग गर्ने संघ संस्था, व्यक्ति र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रयत्नशील सामुदायिक विकास समाज(प्रयास नेपाल) धादिङले प्लानेट ईन्फान्ड एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारी तथा जिल्ला समन्वय समिति, गजुरी गाउँपालिका र नेपाल चेपाङ संघ धादिङको समन्वयमा निर्माण निर्माण गरिएको आवासिय चेपाङ छात्राबासमा ३६ जनाको क्षमताको रहेको छ ।

साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन रु. २ करोड ३३ लाख २२ हजारको लागतमा निर्माण सम्पन्न भएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

No description available.

दुर्गम भुगोलका शिक्षाबाट बञ्चित, आर्थिक अवस्था कमजोर भएका किशोरीहरुका लागि छात्राबास निर्माण गरिएको भन्दै कार्यकारी निर्देशक अर्यालले छात्रावासले चेपाङ किशोरीहरुको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

विकट क्षेत्रमा उच्च शिक्षा हाँसिल गर्न आउदा हुने बसाइ ब्यवस्थापन सहज बनाउन, चेपाङ किशोरीहरुको शैक्षिक विकासमा सहयोग पु¥याउनको लागि छात्राबास निर्माण गरिएको उहाँको भनाई छ । उक्त छात्रावासमा केही समय अघिदेखी ३१ जना किशोरी बस्दै आएका छन्। दक्षिणी धादिङको महाभारत पर्वत श्रृंखलामा सिमान्तकृत चेपाङ समुदायको बसोबास रहेको छ।

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस
गजुरी गाउँपालिका सम्बन्धि थप
  • धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

  • धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

  • धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution