Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बर्सेनि घट्दै सुनौलो तोप चरा

प्रत्यूष ४७६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २२, बुधबार (३ साल अघि)
बर्सेनि घट्दै सुनौलो तोप चरा

कञ्चनपुर । विश्वमै दुलर्भ मानिएको सुनौलो तोप चराको सङ्ख्या बर्सेनि घट्दै जान थालेको छ ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा बास स्थान नासिँदै जान थालेपछि यसको सङ्ख्या घट्दै जान थालेको हो ।

नेपाल पक्षी संरक्षण सङ्घ(विसिएन)ले हालै गरेको सर्भेक्षणमा सुनौलो तोप चराको सङ्ख्या घटेको पाएको छ । सङ्घको अगुवाइमा बर्सेनि चरा सर्भेक्षणको कार्य हुँदै आएको छ । सङ्घका चरा विज्ञ हिरुलाल डङ्गौराका अनुसार सर्भेक्षणका क्रममा यस वर्ष निकुञ्जमा २४४  तोप चरा फेला परेका छन् ।

सबैभन्दा बढी लालपानी क्षेत्रमा तोप चराले गुँड लगाएका छन् । बन्दाताल, मोहनपुर फाँटामा समेत यी चरा देखा परेका छन् । सन् २०२१ मा २४८, सन् २०२० मा २५३, सन् २०१९ मा १७६ र सन् २०१८ मा २५४ वटा तोप चरा फेला परेका थिए । सन् २०१४ देखि निरन्तररुपमा सुनौलो तोप चराको सर्भेक्षणको कार्य हुँदै आएको छ ।

यसैगरी निकुञ्जमा सन् २०१४ मा ६०, सन् २०१५ मा २०० र सन् २०१६ मा २५० सुनौलो तोप चरा देखा परेका थिए । “पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसे मैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसे मैदान अतिक्रमणमा परेका छन्”, उनले भने, “घाँसे मैदानमा रहेका रुख र घाँसमा तोप चराले गुँड लगाउथे । ती सबै नासिए । हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदान मात्रै बाँकी रहेको छ ।

सुनौलो तोप चराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन् । “कृषिमा अन्धाधुन्धरुपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन् ।” उनले भने । अर्को सुनौलो तोप चरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ ।

सुनौलो तोप चरा झट्ट हेर्दा भगेरा जस्तै तर पहेलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको हो । रुखका हाँगामा पात सिएर यस चराले गुँड बनाउने गर्दछ । तोप चराका सुनौलो, बाया, छातिकाले र धर्केगरी चार वटा प्रजाति पाइने गरेका छन् । जसमध्ये सुनौलो तोप चरा दुलर्भ प्रजातिका रुपमा छ ।

सुनौलो तोप चरा अन्यभन्दा पृथक किसिमको रहेको छ । सन् १९९६ मा चरा विद् हेमराज बरालले शुक्लाफाँटामा सुनौलो तोप चरा पत्ता लगाउनुभएको थियो । सुनौलो तोप चरा पत्ता लागेपछि निरन्तररुपमा निकुञ्ज कार्यालयले यसको नियमित रेकर्ड राख्दै आएको छ । सन् २००७ मा कोसी टप्पुमा सुनौलो तोप चरा देखिए पनि त्यसपछि यो चरा देखिएको छैन ।

सुनौलो तोप चरा शुक्लाफाँटामा मात्रै रहेकाले यसको संरक्षणमा चासो दिइएको छ निकुञ्जका सूचना अधिकारी रोशनसिंह ठगुन्नाले भने, “किरालगायत खान मन पराउने भएकाले यो चरा किसानका लागि पनि लाभदायक छ ।”

खेतबारीमा हालिने विषादी र अनावश्यकरुपमा मार्ने कार्यले यसको संरक्षणमा अवरोध भएको छ । निकुञ्जको घाँसे मैदान क्षेत्र नजिकका ताल र सीमसार क्षेत्र नजिकका काँडेदार रुखमा सामूहिकरुपमा सुनौलो तोप चराले गुँड बनाउने गर्दछन् ।

उनका अनुसार सुनौलो तोप चरा सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र लालपानी फाँटा, दरख घाँसे मैदानमा पाइने गरेको छ ।

तोप चरालाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । सामूहिकरुपमा गुँड लगाउने र समूहमै रहन मनपराउने हुनाले यसलाई सामाजिक चराका रुपमा समेत लिइने गरिन्छ । आहाराको खोजीका लागि पनि यो चरा समूहमै उड्ने गर्दछ । अलगअलग प्रजातिका तोप चराले अलग्गै किसिमका आकर्षक गुँड बनाउने गर्दछन् ।

एउटै रुखमा सुनौलो तोप चराले सामूहिकरुपमा २० देखि १०० बढी गुँड लगाउने गरेको पाइएको छ । मनसुनका समयमा तोप चराले प्रजनन गर्दछन् । प्रजननको समयमै तोप चराको भालेले घाँसलाई बुनेर आकर्षक गुँड बनाउने गर्दछ । मे महिनादेखि सेप्टेम्बर महिनामा सुनौलो तोप चराले गुँड बनाउने, अण्डा पार्ने र बच्चा हुर्काउने गर्दछन् ।

एक अध्ययनअनुसार तोप चराले २० दिनदेखि २८ दिनमा गुँड तयार गर्दछन् । बाह्य आक्रमणबाट अण्डा र बच्चालाई जोगाउनका लागि गुँड विशेष प्रकारले बनाइएको हुन्छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा निकुञ्जमा भने ४२३ प्रजातिका चरा पाइने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution