Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २३, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

प्रत्यूष ४५० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

काठमाडौँ,२१ असार ।

नियमित रूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँपटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्रै होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् ।

भरतपुर वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा इन्भर्टर र जेनेरेटर हटाएका उद्योग र सर्वसाधारणले धमाधम पुनः जडान गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको लापरवाहीले समस्या आएको धेरैको गुनासो छ ।

उद्योग सङ्घ चितवनका प्रतिनिधिले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समस्याका बारेमा अवगत गराएका थिए । उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले उद्योग चलाउनै नसक्ने अवस्थामा पुगेको बताए। डिजेलको मूल्य अत्यधिक बढेकाले जेनेरेटर चलाउने अवस्था नभएको भन्दै उनले दिनभर मजदुरलाई त्यसै पालेर राख्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरे । उनले भने, “विद्युत् समस्याका कारण उद्योग सङ्कटमा पुगेका छन् । उपकरण जलेर ठूलो क्षति व्यहोर्नुपरेको छ ।”

उद्योगी व्यवसायीका समस्या प्राधिकरणले नसुनेको उनको भनाइ छ । कतिपय उद्योगमा बीचबीचमा विद्युत् जाने समस्याले कच्चा पदार्थसमेत नष्ट हुने गरेको उनले जानकारी दिए । आर्थिक चलायमान कम भइरहेको समयमा उद्योग नियमित सञ्चालन गर्न नपाउँदा बैंक किस्ता र ब्याज बुझाउनसमेत कठिन अवस्था आएको उनले बताए ।

प्लाष्टिक उद्योग सञ्चालन गर्दै आउनुभएका पुराना व्यवसायी राजेन्द्र ओलीले लोडसेडिङको समयमा तालिकाअनुसार काम गर्न पाएको भए पनि अहिले झनै अस्तव्यस्त भएको गुनासो गरे । प्लास्टोटेक नेपाल र आशीर्वाद पाइप उद्योगका सञ्चालक ओली कच्चा पदार्थ तातेपछि विद्युत् जाँदा कच्चा पदार्थसमेत नष्ट हुने गरेको बताउछन् ।

उद्योग वाणिज्य सङ्घ चितवनका द्वितीय उपाध्यक्षसमेत रहेका ओलीले प्राधिकरणले उद्योगको समस्याका बारेमा ध्यान नदिएको गुनासो गरे । यस्तै अवस्था रहेमा उद्योग सञ्चालन गर्न सक्ने अवस्था नरहने उनी बताउछन् । उद्योगका अतिरिक्त सर्वसाधारण विद्युत्का कारण हैरान भएका छन् । सानातिना व्यवसाय गर्नेहरु इन्भर्टर राख्नुपर्ने बाध्यता पुगेका छन् ।

तालिकामा गरिएको लोडसेडिङपछिको समयमा इन्भर्टर हटाएका भरतपुरका बासिन्दाले पुनः जडान गर्न बाध्य भएका छन् । भरतपुर–१० का देवीप्रसाद शर्माले विद्युत् प्राधिकरणका अधिकारी र इन्भर्टरलगायतका व्यवसायीको साँठगाँठका कारण विद्युत्मा समस्या सिर्जना गरिएको आरोप लगाए ।

विद्यार्थी अघोषित लोडसेडिङबाट निकै प्रभावित भएका छन् । चितवनजस्तो गर्मी ठाउँमा पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले निर्माणका काम र विद्युत् स्तरोन्नतिको काम भइरहेकाले समय–समयमा विद्युत् अवरोध भएको दाबी गर्छन् । उनको भनाइमा धेरै ठाउँमा विद्युत्को सुधारका काम भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

    धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

  • अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

    अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

  • विचारः अरनिको नेपालका गहना

    विचारः अरनिको नेपालका गहना

  • सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २३ गते बुधबार

    २०८२ पुस २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

    धादिङका पालिकाहरूले प्रस्तुत गरे सफलता, चुनौती र सिकाइका अनुभव

    अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

    अन्तर्वार्ताः प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले

    विचारः अरनिको नेपालका गहना

    विचारः अरनिको नेपालका गहना

    सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution