Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सम्पादकीय :– विकल्प सहितको सोंच बनाउ

प्रत्यूष ३७७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (३ साल अघि)
सम्पादकीय :– विकल्प सहितको सोंच बनाउ

धादिङ,१९ असार ।

सडक पेटिमा बसेर आफ्नो गुजारा चलाईरहेका केही नागरिकमाथि काठमाण्डौ महानगरपालिकाले ज्यादती गरेको भनि सामाजिक संजाल तातिरहेको छ ।

काठमाण्डौ महानगरपालिकाले केही दिन अघिदेखी नै सडक पेटीमा बसेर व्यापार व्यवसाय संचालन नगर्न आग्रह गर्दै आएको थियो तर, विगत लामो समयदेखी सडक पेटीमा व्यापार व्यवसाय संचालन गर्ने नागरिकहरुलाई प्रहरी नै लगाएर काठमाण्डौ महानगरपालिकाले उठाउने र सडक पेटीमा व्यापार गरिरहेकाहरुको सामाग्रीहरु जफत गर्ने कार्य गरेको प्रति महानगरपालिकाको आलोचना बढेको हो ।

केही दिनअघिसम्म काठमाण्डौ महामनगरपालिकाका मेयर बालेन्द्र शाह वाही वाही थिए भने अहिले आलोचनाको घेरामा परिरहेका छन् । हुनत बालेन्द्र शाहले गरेका काम बेठिक छैन भन्न खोजेको हैन तर, सडक पेटीमा जो जसले व्यापार लगायतका कामहरु गरिरहेका छन् उनीहरुको व्यवस्थापनको पक्षलाई ध्यान नदिई एकै पटक उठाइएको प्रति सामाजिक संजालमा आलोचनाका विषय बढ्दै गैरहेको छ ।

पछिल्लो समय काठमाण्डौ महानगरपालिका लगायतका देशभरका ठूला शहरहरुमा बेरोजगारीहरुको संख्या ह्वातै बढेको अनुमान लगाईएको छ । राज्यले नागरिकलाई आवश्यक पर्ने सेवा सुविधाहरु सिर्जना गर्न नसक्दा नागरिकको दैनिक आम्दानीको स्रोतहरु बन्द भएका छन् र नागरिकहरु दैनिकी गुजाराका लागि सडकमा पुग्ने र त्यो क्रम बढीरहेको छ भन्ने कुरा बालेन्द्र लगायत उनका सहयोगीहरुले बुझेका छन् कि छैनन् ? सडकमा बसेकाहरुलाई जसरी हुन्छ निकालेर पठाउने र सडक सफा बनाउने मात्रै नीति लिएका हुन भने त्यो व्यवहारतः सम्भव छ कि छै्रन ? यो उनले सोचेका होलान् त ?

कि उनले गल्ती गर्दै जाँदा उनी प्राविधिक फाँटबाट मात्रै आएकाले व्यवस्थापकीय पक्षमा ज्ञान नभएको भन्दै आम नागरिकले मानिरहलान् ? पक्कै पनि काठमाण्डौबासीले यो बालेन्द्र शाहको गल्ती हो भन्ने बुझे भने उनका लागि यो भन्दा अभिसाप अरु केही हुन सक्दैन । आगामी दिनमा समते म विकल्प दिनसक्छु भनेर अगाडि कोही बढिहाले भने उनीहरुले समेत क्षति व्यहोर्नुपनेर््ं हुन्छ यसर्थ मेयर बालेन्द्र लगायतका उनका नीजि सचिवालय र सल्लाहकारसम्मले यस्ता विषयमा कुरा बझ्नु जरुरी छ ।

सडकमा बसेर व्यपार गरेरै जिविकोपार्जन गर्नु हुँदैन उचित स्थानमा बस्नुपर्छ भन्ने आम नागरिकहरुको विचारमा बालेन्द्र शाहको मत मिल्ला तर, सडकमा जो जो छन् उनीहरुलाई विकल्प सहित सडकबाट उठाउन सकेको खण्डमा निकै राम्रो सन्देश जानेछ । काठमाण्डौका आदिवासी समुदाय भन्दा भिन्न परिवेशमा हुर्किएका बालेन्द्रले आम नागरिकहरु समान हुन् भनेर सोच्नु जरुरी छ ।

आम नागरिकहरुले अहिले बालेन्द्रले ठीकै गरेका हुन् भन्ने हिसावले बुझेर काम गरे भने उनी आगामी नयाँ कार्याकालमा नयाँ स्थान, सहित संसदीय राजनीतिक यात्रामा समेत त्यहि ठाउँबाट प्रतिनिधित्व गर्न सक्छन् यसर्थ अहिले जस जसका मन दुखेको छ उनीहरुको व्यवस्थापनका कुराहरुमा उनले ध्यान देउन् ।

सडकमा रहेकाहरुलाई सकेसम्म घर भाडामा बस्ने वातावरण बनाउन् नसके महानगरपालिकाकै क्षत्राधिकारभित्र रहेका सार्वजनिक वा अन्य प्रकारका महानगरको स्वामित्वका संरचनाहरु छन् तिनीहरुमै भए पनि सुपर मार्केट खोल्ने, वा सामान्य प्रकारको राजश्व लिएर उनीहरुको व्यवस्थापन गर्नेतिर लाग्दा उनको कामप्रति नागरिकहरुको सदभाव बढ्नेछ, ममता थपिनेछ र उनले गर्न खोजेका हरेक खालका नयाँ विकल्पहरुमा नागरिकको साथ र सहयोगहरु हुनेछन् यसर्थ सडकमा रहेकाहरुलाई निर्विकल्प हटाउने मात्रै नभई उचित खालको व्यवस्थापन गर्दै अगाडि बढौं यसले आम नागरिकहरुसंगै महानगरको नेतृत्वप्रतिको विश्वास समेत बढेर जान्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १० गते शनिबार

    २०८२ माघ १० गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution