Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ६, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नारायणगढ–मुग्लिन सडकको १७ ठाउँ पहिरोको उच्च जोखिममा

प्रत्यूष ३५४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (३ साल अघि)
नारायणगढ–मुग्लिन सडकको १७ ठाउँ पहिरोको उच्च जोखिममा

धादिङ,१५ असार।

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै ती मध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिम देखिएको छ ।

ती ठाउँमा यस वर्ष पहिरो खसेर दुःख दिइरहेको छ । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिनुभयो । त्यसका साथै सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको छ । ती १७ ठाउँमा गएको वर्ष पहिरो खसेको थियो ।

कतिपय ठाउँमा सुक्खा पहिरोसमेत खसेर दुःख दिएको कार्की बताउनुहुन्छ । काठमाण्डौ प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी गाडी आउजाउ गर्ने गर्दछन् । सडक पुनर्निर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन सकेको छैन । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुल निर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्य रूपमा पुल बनाउँदै गरेका ठाउँमा बढी समस्या देखिएको छ ।’ ती ठाउँमा भित्ता काटिएकाले पहिरो खसेको हो । यो सडक खण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चार वटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ भने १४ पुल निर्माणको अन्तिम चरणमा रहेको छ । एउटा निर्माण सुरु हुने प्रक्रियामा छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो। सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भइ दुई अर्ब ९० करोड रुपैयाँ खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो ।

त्यही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणको काम गरिएको थियो । धेरैजसो ठाउँमा भित्तो काटिएको थियो । जसमध्ये सात ठाउँमा महत्त्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र ४० करोड रुपैयाँ खर्च भएको छ । सडक विस्तारका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको थियो । यस वर्ष पुलका कारण तासिएको भित्तोबाट समेत पहिरो खसेको हो ।

यो सडकमा वर्षाको समयमा पटक–पटक पहिरो खसेर दुःख दिने गरेको छ। नारायणगढ– मुग्लिन र पृथ्वी राजमार्गले धेरै दुःख दिएपछि चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी, डिभिजन सडकका प्रमुखसहितका सरोकारवालाको संयुक्त बैठक बसेर पूर्वतयारीका योजनासमेत तय गरिएको छ । पहिरोको उच्च जोखिम भएका क्षेत्रमा उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने निर्णय गरी कार्यान्वयनमा ल्याइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख डिभिजन इन्जिनियर बाबुराम सापकोटाका अनुसार पहिरो पन्छ्याउन हरेक वर्ष कम्तीमा १३ लाख रुपैयाँ खर्च हुने गरेको तथ्याङ्क छ । अहिले यो सडकमा पहिरो पन्छाउनका लागि एकस्काभेटर सहितको प्राविधिक टोली चौबीसै घण्टा सडकमा नै खटिएको छ ।–रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

    अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

  • काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

    काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

  • सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

  • जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

    जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

    अध्यक्ष ओलीद्वारा मनोनयन दर्ता

    काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

    काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

    जलथलका सन्थाल समुदायमा नियमित बचत अभियान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution