Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मनसुनजन्य विपद्को सामाना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी

प्रत्यूष ५४१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
मनसुनजन्य विपद्को सामाना गर्न सशस्त्र प्रहरी बलको यस्तो छ तयारी

काठमाडौं, १४ असार 

मनसुनजन्य विपद् व्यवस्थापनको लागि सशस्त्र प्रहरीले बल नेपालले तयारी सुरु गरेको छ ।

सशस्त्र प्रहरीले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम सञ्चालन गरिरहेको छ । हालसम्म २ हजार ३४ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिशिष्टिकृत विपद् व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई काठमाडौं उपत्यका भित्र दुई स्थानसहित सातवटै प्रदेशमा विपद् उद्धार टिम र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार गरि जम्मा १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको सम्पूर्ण कार्यालयहरुमा जल उत्पन्न प्रकोप प्रति कार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणहरु सहित चौबिसै घण्टा उद्धार टोली तयारी अवस्थामा राखिएको छ । ‘विपद् उद्धारका आधुनिक सामाग्रीहरुलाई प्रदेश स्तरीय विपद् उद्धार टिमले प्रयोग गर्नेगरी तयारी हालतमा राखिएको साथै काठमाडौं उपत्यकालाई मध्यनजर गरी सिनमंगल स्थित नं.२० गण मुख्यालयलाई तयारी हालतमा राखिएको,’ सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं, कैलाली, पोखरामा रहेका एपिएफ फ्यूल स्टेशनहरुलाई मनसुनको समयमा हुन सक्ने फ्यूल अभाव व्यवस्थापन गर्न फ्युल स्टक राख्ने गरिएको समेत सशस्त्र प्रहरीले जनाउको छ । ‘राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र, प्रादेशिक आपतकालिन कार्य संचालन केन्द्रहरु तथा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रहरुमा आवश्यकता अनुसार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएको,’ विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरीको विभिन्न यूनिटहरुमा रहेका हेभि ईक्यूपमेन्टहरु तयारी हालतमा राखिएको छ । गोताखोर तालिम प्राप्त ५६ जना सशस्त्र प्रहरीका कर्मचारीहरुलाई विभिन्न क्षेत्रमा हुन सक्ने जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न सहज होस भन्ने उद्धेश्यका साथ प्रदेश नं. १ को सुनसरी, बागमती प्रदेशको कुरिनटार, काठमाडौं उपत्यका, गण्डकी प्रदेश को पोखरा, लुम्बिनी प्रदेशको शमशेरगंज र सुदुर पश्चिम प्रदेशको कैलालीमा गरी जम्मा ६ स्थानमा गोताखोरको आवश्यक उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा राखिएको छ ।

पानी जन्य विपद्हरुमा उद्धार कार्य गर्नको लागि सशस्त्र प्रहरी बल, नेपालको ३४ वटा कार्यालयहरुको २६ जिल्लाहरुमा ५५ वटा उद्धार बोट र १० जिल्लामा १६ वटा मोटर बोट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।यस्तै, प्रत्येक बाहिनीमा कम्तिमा १ प्लाटुन ‘डेडिकेटेड’ विपद् उद्धार टिम, सानो युनिटमा सेक्सन र ठुलो युनिटमा प्लाटुन स्तरमा टोली तयारी अवास्थमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution