Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १४, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

प्रत्यूष ३१९ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (३ साल अघि)
देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

काठमाडौं, १३ असार ।

गत जेठ २२ गते प्रदेश नं.१ मा प्रवेश गरेको मनसुन प्रणाली असार १२ गतेसम्म आइपुग्दा सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । योसँगै देशभर मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारदेखि बिहीवारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आईपुग्ने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ ।

यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी पर्ने महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

मंगलबार राती देखि बुधबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा/झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरै स्थानहरुम धेरै–भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी भई एक–दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ ।

बिहिवार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

‘तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव (मभदचष्क ायिध) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले आज एक विज्ञप्ति जारी गरी भनेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

  • मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

  • मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

  • सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution