Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बृक्षारोपणको अभियानमा जुटौं । (सम्पादकीय)

प्रत्यूष ८९६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (४ साल अघि)
बृक्षारोपणको अभियानमा जुटौं । (सम्पादकीय)

धादिङ,१३ असार।

मध्य वर्षातको सिजन सुरु भएको छ । तराई देखि मध्य पहाड, उच्च पहाड हुँदै देशभर रहेको धानखेतहरुमा रोपाईको चटारो सुरु भैसकेको छ, मानो रोपेर मुरी उब्जाउने कृषकहरुको महत्वूर्ण समयको रुपमा लिन सकिने यस समयलाई अबको कबि २ महिनालाई महत्वका साथ हेर्नुपर्ने अवस्था छ । सरकारी तथा गैर सरकारी संस्थाहरुदेखी व्यक्तिगत रुपमा सामाजिक अभियानमा क्रियाशील रहेकाहरु पनि यतिवेला आ–आफ्नै शैलीमा वृक्षारोपण लगायतका नयाँ खालका कार्यक्रमहरु संचालन गर्ने अभियानमा सहभागी भैसकेका छन् ।

धादिङ जिल्लाकै सन्दर्भमा कुरा गर्ने हो भने पनि असार १२ गते आइतबारका दिनदेखि डिभिजन बन कार्यालय धादिङले औपचारिक रुपमा यस वर्षको लागि वृक्षारोपण लगायतका कार्यक्रमको औपचारिक रुपमा सुरु गर्ने जानकारी दिएको छ ।

जिल्ला वन कार्यालयले एक विज्ञप्ति नै जारी गरी व्यक्तिगतदेखी बंगैचाहरु, कवुलियति बन तथा सामुदायिक बन लगायतका विभिन्न क्षेत्रहरुमा वृक्षारोपण अभियान सुरु गर्न कार्यालयले निःशुल्क वृक्षारोपण गर्ने जानकारी दिएको छ, यसले आम सरोकारवालाहरुको ध्यान समेत तानेको छ।

हामीले प्रत्येक वर्ष हरेक संघ सस्थादेखी सामाजिक अगुवाहरु तथा नागरिकका सामाजिक काममा चासो राख्नेहरुलाई वर्षैपिच्छे वृक्षारोपण कार्यक्रममा सहभागि भैरहेका फोटाहरु देखिराखेका छौं यस कार्यमा राज्यदेखी विभिन्न संघ सस्था तथा नागरिकहरुले अधिकतम समय र पैसा समेत खर्च गरिहेको पाउन सक्छौं तर, यसको प्रतिफलको मुल्याँकन गर्ने हो भने न्यून प्रतिफलको कारण उपलब्धी भने त्यस प्रकारको हुन सकिरहेको छैन ।

हरेक वर्षजसो वृक्षारोपण लगायतका कार्यक्रमहरु संचालन भैरहने र एउटै नांगा डाँडाहरुमा धेरै भन्दा धेरै मानिसहरुले वर्षैदेखि वृक्षारोपण गरिरहेको फोटाहरु सार्वजनिक हुनु जस्ता क्रियाकलापले हाम्रा काम तथा क्रियाकलापमाथि नै प्रश्न उठ्ने गरेका छन् के हामीहरु एउटै नांगा डाँडा पाखामा कति समय वृक्षारोपण गरिरहने ? यो अभियान कहिले र कति समयका लागि हुने ? यि र यस्ता प्रश्नहरुको समाधान को संग छ ? हामीले विशेषगरी वृक्षारोपणका कार्यक्रममा संचालन गरिएका जमिनहरु साच्चै विरुवा उम्रन, सर्न या हुर्कन समस्या हुने खालकै हो र ? पक्कै पनि त्यस्तो नहुन सक्छ ।

प्रशस्त बन जंगलका क्षेत्रहरु रहेकाले हाम्रा देशको माटोमा सिमित स्थानहरु बाहेकका सबैजसो भूभागमा वन तथा बनस्पतीजन्य वस्तुहरु उम्रिरहेका सारेका ठाउँहरुमा पनि राम्रोसंग सरेका र हुर्केका लगायतका कुराहरु सजिलै देख्न सकिन्छ यसकारण पनि जहाँ जहाँ हामीले पटक पटक विरुवा रोप्ने र हुर्काउने काम गरिरहेका छौं तर, गर्न सकिरहेका छैनौं त्यो हाम्रै कारणले पनि हो ।

अहिले पछिल्लो समय सम्म आउँदा केही नागरिक अगुवाहरुले एक नागरिक एक रुख, बोट वा विरुवा जस्ता अभियान संचालन गरेका छन् यस प्रकारका कार्यक्रमहरु भने हाम्रा लागि आगामी दिनको मुख्य क्रियाकलापका लागि योजनामा लैजानु पर्छ नत्र एक वर्षमा एक दिन वृक्षारोपणमा सहभागी हुने र वर्ष दिनभरी यसै बस्ने अनि अर्को वर्ष फेरी विरुवा खोज्दै नांगा डाडापाखाहरुमा जानुपर्ने हाम्रो बाध्यता दोहोरिरहन सक्छ यो विषयलाई गम्भीरतापूर्वक लिन सकेमात्रै हाम्रो अभियानले सार्थकता पाउन सक्छ अन्यथा अभियान अभियानमै मात्रै सिमित रहने कुरा पक्का छ।

यसकारण वर्षातको सिजनमा हाम्रा डाँडाकाँडाहरु हरियाली बनाउनैका लागि गरिने अभियानमा सार्थकता पाउनेगरी लागौं । निःस्वार्थ भावनामा प्रेरित हुनुका साथै एक काम मैले किन नगर्ने भन्ने गरी एक नागरिक एक विरुवा हुर्काउने अभियान मात्रै संचालन गर्ने हो भने त्यो हाम्रो लागि सफलताको विषय बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    आरन पेशालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर

  • Post Thumbnail

    बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस

  • Post Thumbnail

    बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

  • आलेखः भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको छैन

    आलेखः भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको छैन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २३ गते शुक्रबार

    २०८३ असोज २३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    Post Thumbnail

    चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

    Post Thumbnail

    खोटाङमा ‘नागरिक सम्वाद अभियान’

    Post Thumbnail

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution