
नयाँ दिल्ली– भारत सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी गर्न लागेको हो ।
शुक्रबार पासपोर्ट सेवा दिवसको अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले यस्तो जानकारी दिएका हुन् । विदेशमन्त्री जयशंकरले नागरिक अनुभव र सार्वजनिक वितरण सुधार गर्न सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गरेका थिए ।
सरकारले कोभिड संक्रमणको समयमा पनि पासपोर्ट सेवा उत्तिकै जोस र जागरका साथ उपलब्ध गराइएको उनले बताए । नागरिकका लागि राहदानी नियम र प्रक्रियालाई सरल बनाउन सरकार सफल भएको उनले दाबी गरे ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |