Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

हत्या आरोप लागेका १२ जना पुर्पक्षका लागि कारागार चलान

प्रत्यूष ३९८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ११, शनिबार (३ साल अघि)
हत्या आरोप लागेका १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा, ११ असार

बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् ।

आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरुलाई  प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो। उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालत मुद्दा दर्ता भएको र सोही मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत बाराले ९ असारमा  अभियुक्तलाई पुर्पक्षको लागि कारागार पठाउने आदेश गरेको हो । कारागार चलान गरिएका १२ जनाको बारेमा प्रहरीले शुक्रबारमात्रै विवरण सार्वजनिक गरेको हो ।

हत्या आरोपमा कारागार चलान हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सन्दिप थापा, जीतपुरसिमरा वडा नम्बर २ फुलवारी टोलमा बस्ने वर्ष ४२ का  केवी रिजाल भन्ने  खगेन्द्र रिजाल, सोही पालिका वडा नम्बर २ सम्झौता टोलमा बस्ने वर्ष ३५ का उद्धव अधिकारी, वडा नम्बर ३ बजनी बलुवा टोलमा वस्ने वर्ष ४८ का अर्जुन चिमरिया भन्ने बलराम प्रसाद चिमरिया, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष ५० का चित्रबहादुर क्षेत्री, सोही ठाउँ बस्ने २४ वर्षका  सुजन भन्ने सुमन लामा  छन् ।

यसैगरी वडा नम्बर ६ रामवन टाँडी टोलमा बस्ने वर्ष २६ का राजु अधिकारी, वडा नम्बर ३ शिव मन्दिर टोल बस्ने वर्ष ३४ का मसिने मगर भन्ने कुमार मगर, वडा नम्बर ६ नगौल टोलमा बस्ने वर्ष २६ का सुदिप घिमिरे, वडा नम्बर ३ रामवन टाँडी टोलका वर्ष २६ का सन्तोष खत्री, वडा नम्बर ६ नगौल टोलका वर्ष ५० की दुर्गादेवी खत्री र सोही ठाउँमा बस्ने वर्ष ५० का संते बछार भएको प्रहरीले जनाएको छ ।

३० वैशाख अर्थात स्थानीय निर्वाचनका दिन बिहान ३ः३० बजे स्थानीय चित्रबहादुर क्षेत्रीको घरमा पौडेलको हत्या गरेको भन्दै मृतकका पिता चिरञ्जीवी भक्त पौडेलले उनीहरुविरुद्ध जाहेरी दिएका थिए ।

क्षेत्री समेतले घरमा बोलाएर छोराको हत्या गर्ने मनसायले कुटपिट गरेको र उनको मृत्यु भएको आरोप लगाएका थिए । पक्राउ परेका क्षेत्रीको घरमा राति अवेरसम्म बसेका पौडेललाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजाने क्रममा सोही दिन मृत्यु भएको थियो ।

उनको मृत्यु स्वभाविक नभएको भन्दै मृतकका आफन्तले प्रहरीमा क्षेत्रीसहितका १२ जना विरुद्ध जाहेरी दिएको थियो । घटनाको निष्पक्ष अनुसन्धान गर्न भन्दै पौडेल पक्षले सडक जाम गरेर जीतपुर बजारमा आन्दोलन समेत गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution