Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मन्त्री फिर्ताबारे एकीकृत समाजवादी : कमजोरी लुकाउन दोष देउवालाई !

प्रत्यूष ८०० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
मन्त्री फिर्ताबारे एकीकृत समाजवादी : कमजोरी लुकाउन दोष देउवालाई !

काठमाडौं,१० असार

गत भदौ २ गते नेकपा एमाले विभाजित भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भयो । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी सरकारमा गयो ।

एमाले विभाजका बेला माधव नेपाललाई दरो साथ दिएका रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, बिरोध खतिवडा लगायत सरकारमा गए । नेकपामा भएको अन्तरसंघर्षमा साथ दिएका कतिपयले अन्तिम समयमा नेपाललाई साथ दिएनन् तर ओलीका खास भनिएका प्रेम आले, किसन श्रेष्ठ लगायतले साथ दिँदा नेकपा एकीकृत दल बन्न सकेको थियो ।

एकीकृत समाजवादी गठन भएको करिब ७ महिनामा एकीकृत समाजवादीले स्थानीय चुनावमा प्रतिस्पर्धा गर्‍यो । पाँच दलीय सत्ता गठबन्धन गरेर मैदानमा उत्रिएको समाजवादीले त्यति राम्रो सफलता हात पार्न नसकेको स्वयं उक्त दलका अध्यक्ष नेपालले स्वीकार गरिसकेका छन् ।

उनले आफ्नो दलको कमजोर प्रदर्शनमा गठबन्धनका दलहरु इमान्दार नभएको र आफूहरुलाई अपमान गर्न खोजिएको बताउँदै आएका छन्। सम्मानित नेता झलनाथ खनालले त बारम्बार गठबन्धनले अपमान गरेको र इमान्दार नभएको भन्दै चर्को आलोचना गर्ने गरेका छन् ।

खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको टिप्पणी गर्दै बुधबार भनेका थिए,‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौं, नौ होइन, २० लाखभन्दा बढी मत छ हाम्रो ।

त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौं । यसमा हाम्रा पनि केही त्रुटि कमजोरी रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान गर्‍यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौं । त्यति सिट पनि प्राप्त गर्न सकेनौं । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

सत्ताले संकट

नयाँ पार्टी एकीकृत समाजवादी सत्ताका कारण केही दिन यता समस्यामा रुमलिएको छ । जसको दोष उसले प्रधानमन्त्री शेरबहादुर देउवालाई लगाइरहेको छ । पार्टी बिभाजनपछि एकीकृत समाजवादीले ६ महिनाका लागि भन्दै मन्त्री पठाएको शीर्ष नेताहरुले बताइरहेका छन् । ६ महिना कटेपछि नै यसअघि मन्त्रीको सूचीमा रहेर पनि बन्न नपाएकासहितले नेतृत्वमाथि दबाब बढायो । जसका कारण संसदमा बजेट पेस भएको केही दिन पछिनै एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्दै निर्णय गर्‍यो । मन्त्री बन्नेको सूचीमा रहेकाहरु शपथका लागि तयारीमा जुटे तर निर्णय कार्यान्वय हुन सकिरहेको छैन । जसको दोष एकीकृत समाजवादीले प्रधानमन्त्रीमाथि लगाइरहेको छ ।

२२ जेठमा एकीकृत समाजवादीको सचिवालयल गरेको निर्णय २० दिन हुनै लाग्दासमेत कार्यान्वयन नभएपछि उक्त दलले प्रधानमन्त्री देउवामाथि दबाब बढाएको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बहीबार मध्याह्न तिरै केही घण्टामा नयाँ मन्त्री बन्ने दाबी गरेका थिए । ‘पार्टीले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाइसकेको छ । अहिलेसम्म विविध कारणले ढिला भयो । अब दिन लाग्दैन, पार्टीको निर्णय कार्यान्वयन हुन्छ, अब केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर हुन्छ,’ उनले भनेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।

पार्टी बैठकले गरेको विषयलाई अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट कार्यान्वयन गराउन नसकेको भन्दै बुधबारदेखि बसेको सचिवालय बैठकमा नेताहरुले आलोचना गरिरहेका छन् ।

सम्मानित नेता खनालले त प्रधानमन्त्री देउवाले आफूहरुलाई अपमान गरेको भन्दै टिप्पणी गरेका छन् । गठबन्धनको बैठकमा अध्यक्ष नेपालले मन्त्रीको हेरफेरबारे पार्टीले निर्णय कार्यान्वयन गराउन जोड गरिरहेका छन् तर प्रधानमन्त्री देउवाले त्यसलाई वेवास्ता गरिरहेका छन् । देउवा बजेट दुवै सदनबाट पास भएपछि मात्र मन्त्री हेरफेर गर्ने पक्षमा छन् । अहिले एकीकृत समाजवादीका मन्त्री फेर्दा आफ्नो दलमा झेल्न पर्ने दबाब र माओवादी केन्द्रमा पनि यसबारे पर्ने प्रभाव बारे उनी र प्रचण्ड सतर्क देखिएका छन्।

त्यसोत सरकारमा रहेका एकीकृत समाजवादीका नेताहरु तत्काल सत्ताबाट बाहिरिने पक्षमा छैनन् । बिहीबारमात्र अध्यक्ष नेपालको निवास कोटोश्वरमा झाँक्री, प्रेम आले लगायतले असन्तुष्टि पोखेका थिए । त्यसक्रममा उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए ।

कमजोर खेल
नेकपा एमालेका शक्तिशाली महासचिव १ दशक भन्दा लामो समय चलाएका माधव नेपाल समकालीन नेपाली राजनीतिका शीर्ष नेताको अग्रस्थानमा आउँछन् । २०४६ सालपछिको राजनीतिक हरेक गतिविधिमा नेतृत्वदायी भूमिका निभाउँदै आएका नेपालको नेतृत्व भने कमजोर मानिने गरेको छ ।

तत्कालीन समयमा एमालेको नेतृत्व गरेका उनीमाथि निर्णय क्षमता कमजोर भएको नेताको ट्याग लागेको थियो । राजाले शासन हातमा लिएपछि प्रतिगमन आधा सच्चियो भनेर सरकारमा जाने वा अन्य विषयमा पनि उनले निर्णय गर्न नसकेको र सबैको कुरा सुनेर वहकिने नेताको उपमा पाएका थिए । हरेक निर्णय गर्दा वा अन्तिम घडीमा मझधारमा उभिँदा पार्टी कमजोर भएको भन्दै उनको आलोचना हुने गरेको थियो । जसका कारण हकी स्वभावका र गरेको निर्णयमा कडा रुपमा उभिने ओली विकल्प बनेर निस्किए र नेपाललाई नै अध्यक्षमा पराजित गरे ।

त्यसैले कतिपयले एकीकृत समाजवादीमा अहिले मन्त्री फिर्ता गर्ने निर्णयलाई नेपालको त्यही कमजोरीको उपजका रुपमा लिइरहेका छन् । एकीकृत समाजवादीका एक नेताले पार्टी नेतृत्वको कमजोरीका कारण समस्या देखिएको तर्क गरे । ‘निर्णय गर्नेबेलामा सवै पक्षबारे विचार गरेर गर्नु पर्नेमा दबाबमा निर्णय गर्दाको परिणाम हो यो,’ उनले भने, ‘भर्खर बन्दै गरेको पार्टीले यस्तो खालको समस्यामा फस्दा कार्यकर्तामा निरासा छाउँछ । आफू निर्णय गर्ने र दोष देउवालाई लगाउने खालको क्रियाकलापले फाइदा पुग्दैन ।’

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज

    Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

    Post Thumbnail

    काभ्रेपलाञ्चोकमा पूर्वाधारतर्फ तीन सय योजना कार्यान्वयनमा

    Post Thumbnail

    कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution