Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ

प्रत्यूष ४१२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (३ साल अघि)
दोस्रो बिहे गर्न जाँदै गर्दा बेहुला पक्राउ

सप्तरी,०७ असार

बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको अवस्थामा आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

भारतको मधुवनी आराहा भन्ने स्थानमा दोस्रो विवाहका लागि जन्ती जान तयारी गरेको अवस्थामा मण्डललाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता काफ्लेले बताए ।

‘पत्नीमाथि कुटपिट गरेको सूचनाको आधारमा पक्राउ गरी प्रहरी हिरासतमा राखी अनुसन्धान थालेकाछौं,’ उनले भने ।

मण्डलकी पत्नी काजलकुमारी मण्डलले श्रीमान‍्ले दोस्रो विवाह गर्न खोजेको आरोप लगाइन् । आफू हुँदाहुँदै आमा बुवाको कुरामा परी दोस्रो विवाह गर्न लागेको उनको आरोप छ ।

उनले दोस्रो विवाह गर्न खोजेकोले श्रीमान‍्लाई झिकाई कानुन बमोजिम कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । उनले श्रीमान‍्सँगै ससुरा ६५ वर्षीय राजेन्द्र मण्डल, सासू ६० वर्षीया चनरवती देवी मण्डललाई विपक्षी बनाई बहुविवाह गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका शाखामा निवेदन दर्ता गराएकी थिइन् ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ माइती भएकी काजलको २०७३ वैशाख १५ गते सामाजिक परम्परा अनुसार फुलदेवसँग विवाह भएको थियो । दाइजो कम ल्याएको भन्दै श्रीमान्, सासू, ससुराले कुटपिट गरी यातना दिनथालेपछि २०७६ मंसिर २८ गतेदेखि नाबालिका छोरीसँगै काजल माइतीमा बस्दै आएकी थिइन् । दाइजो कम भएको भन्दै थप १० लाख दाइजो ल्याउन दबाब दिँदै श्रीमान्, सासू ससुराको यातना थेग्न नसकेपछि माइत बस्दै आएको काजलको दुखेसो छ।

सप्तरी जिल्ला अदालत राजविराजको इजलासले मुद्दाको किनारा नलाग्दासम्म नाबालिका छोरी ज्योति कुमारी मण्डल र मलाई मासिक पाँच हजारका दरले १० हजार दिन आदेश दिएका थियो । श्रीमान‍्ले अदालतको आदेश कार्यान्वयन नगरी उच्च अदालत राजविराज जनकपुरमा मुद्दा दिएको उनले जानकारी दिइन् ।

पीडित काजलले अदालतमा मुद्दा चलिरहेको समयमा दोस्रो विवाह गर्न खोज्ने पतिलाई हदैसम्मको कारबाहीको माग काजलले गरेकी छिन् ।

ससुरा राजेन्द्रले जग्गा जमिनसहित सम्पत्ति अर्काको नाममा नामसारी गरी छोरालाई सम्बन्ध विच्छेदको मुद्दा लगाउन उक्साएको उनले आरोप लगाइन् । बुवाको मृत्यु भइसकेकोले दाजुभाइको शरणमा ४ वर्षीये छोरीसहित छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीस्थित माइती घरमा बस्दै आएको दुखेसो काजलको छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

    देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

  • निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

  • राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

    देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ : मन्त्री खरेल

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution