Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ बैशाख २६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

प्रत्यूष ३६८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (२ साल अघि)
स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

काठमाडौं, ७ असार
नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ ।

समालोचक  तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रुपान्तरणकारी आन्दोलनमा ज्यानको आहूति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालको प्राज्ञिक जगत्का समग्र विज्ञहरुलाई समेट्दै अगि बढ्न आफूहरु कटिबद्ध रहेको जनाएका छन् ।

उनले शुभकामना मन्तव्यमा लेखेका छन्, ‘२०६२-०६३ को जनआन्दोलनपछि साविकको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ललितकला एवम् नाट्य–संगीत विधालाई छुट्टयाइ छुट्टाछुट्टै प्रतिष्ठान गठन गरिएको र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अन्तर्गत नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनको अध्ययन, अनुसन्धानमार्फत प्रवर्धन गर्ने उद्देश्यले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठान गठन गरिएको हो । यस अर्थमा आफ्नो गठनदेखि बिरासत ग्रहण गर्दै हाल कानुनबमोजिमका विषयक्षेत्रमा यो प्रज्ञा प्रतिष्ठान कार्यरत् छ ।’

प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले जीवित अवस्थामा रहँदा साहित्य, कला, संस्कृति, गीत, संगीतलगायतका विभिन्न विधा सिर्जना र प्रस्तुतिमा क्रियाशील रहेका सहिद स्रष्टाको खोज गरी तयार पारिएको यस ग्रन्थको प्रकाशनले सहिद हुनुभएका स्रष्टाहरुप्रति सच्चा सम्मान र श्रद्धाभाव अभिव्यक्त भएको जनाएका छन् ।

उनले प्रकाशकीयमा लेखेका छन्, ‘सहिद भनेका परिवर्तनका संवाहक हुन् । न्याय, समानता र स्वतन्त्रताका हिमायती अनि राष्ट्रका अमूल्य निधि हुन् । यस कार्यबाट थोरै भए पनि सहिद स्रष्टाहरुलाई सम्झिन सकेको अनुभूति भएको छ ।’ उनले अनुसन्धान परियोजना कार्य सम्पन्न गर्ने समालोचक तेजविलास अधिकारीलाई प्रतिष्ठानका तर्फबाट विशेष धन्यवाद दिएका छन् ।

प्रतिष्ठानका साहित्य, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले सहिदहरुप्रति सम्मान होस् भनेर नै सहिद स्रष्टा परिचयकोश प्रकाशन गरेको बताए । उनले भने, ‘सहिद भनेका न्याय, समानता र स्वतन्त्रताका पक्षमा लड्ने, राष्ट्रिय स्वाभिमानलाई उचो राख्नका लागि आफूलाई बलिदान गर्ने, देशको निम्ति अमरत्व प्राप्त गर्ने उच्च उदात्त चरित्र भएका आस्थाका धरोहर एवं महानायक हुन् । यद्यपि सहिदका सपनाले साकार रुप लिन बाँकी नै छ र सहिदका सपना अधुरै छन् ।’ पौडेलले नेपालको इतिहासमा स्वतन्त्रता, स्वाधीनता तथा उन्मुक्तिका खातिर आफूलाई बलिदान गर्ने स्रष्टाको संख्या झण्डै दुई सय बढी रहेको आँकलन गर्न सकिने बताए । उनले भूमिकामा लेखेका छन्, ‘प्रथमोप्रथम आफूलाई बलिदान गर्नेे स्रष्टा कृष्णलाल अधिकारीदेखि लिएर पछिल्लो चरणका कृष्ण सेन इच्छुकलगायतका वीरहरुले इतिहासका विभिन्न कालखण्डलाई रक्तरञ्जित गराएका छन् ।

राणाशासन काल, पञ्चायती काल र पछिल्लो समयको राजतन्त्रात्मक बहुदलीय कालसम्म आइपुग्दा विभिन्न पर्व र काण्डका नामले चिनिने घटना घटेका छन् । खासगरी राणाकालमा मकैपर्व, सहिदकाण्ड अनि पञ्चायत कालमा पिष्कर काण्ड, छिन्ताङ काण्ड, सुखानी काण्ड र राजतन्त्रात्मक बहुदलीय कालमा अनेकोट काण्ड तथा इच्छुक हत्याकाण्डलगायत दर्जनौ काण्ड नेपालको इतिहासमा घटित भएका छन् ।’ पौडेलले प्रायजसो काण्डमा स्रष्टाहरुले सहादत प्राप्त गरेको सन्दर्भमा सहिद स्रष्टाहरुको सम्मानस्वरुप सहिद स्रष्टा परिचयकोश प्रकाशन गरिएको बताए ।

पुस्तकका लेखक तेजविलास अधिकारीले प्रथम साहित्यिक सहिद कृष्णलालदेखि भाषा, साहित्यमा राज्यस्तरमा समान हैसियत चाहिन्छ भनी आन्दोलन गर्ने रञ्जु झासम्मको खोजी पुस्तकमा गरिएको बताए । उनले सहिद स्रष्टा परिचयकोशको काम अलि चुनौतीपूर्ण भए पनि नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको आहूति दिने स्रष्टा सहिदप्रति यो कार्य महत्वपूर्ण रहेको सुनाए । अधिकारीले भने, ‘सामग्रीलाई सकेसम्म तथ्यपरक बनाउन प्रत्येक सहिद स्रष्टाको परिचयात्मक लेख लगत्तै सहयोगी सन्दर्भ सामग्री र व्यक्तित्वको नाम उल्लेख गरिएको छ ।

यस पुस्तकमा क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, प्रजालाल राई, ऋषिराज देवकोटा ‘आजाद’ जस्ता प्रजातन्त्रका निम्ति जीवन अर्पण गर्ने राजनीतिज्ञदेखि क्रान्तिको फिलिङ्गो भीमदत्त पन्त, चुनु गुरुङ, कृष्णसेन इच्छुक, मस्तबहादुर विष्ट, शारदा श्रेष्ठ, तारा काफ्ले जस्ता सांस्कृतिक क्षेत्रमा विशेष योगदान र ऊर्जा दिने सहिदहरुको परिचय प्रस्तुत गरिएको छ ।’ उनले पुस्तकमा मूलतः राज्य पक्षको दमनको, धरपकड र यातनाबाट जीवन गुमाउने स्रष्टाहरुको फोटो राख्ने चाहना हुँदाहुँदै पनि अधिकांशको प्रामाणिक फोटो नभेटिएका कारण समावेश गर्न नसकिएको जानकारी दिए ।

लेखक अधिकारीले पुस्तक प्रकाशन गर्ने क्रममा दुई सयभन्दा बढी व्यक्तिलाई सम्पर्क गरेको जनाउँदै कतिपय सहिदका परिवारसँग सम्पर्क हुन नसकेको बताए । उनका अनुसार नेपालको सांस्कृतिक इतिहासलाई हेर्ने हो भने झण्डै तीन सय जना स्रष्टाहरुले बलिदान गरेको सन्दर्भ उल्लेख भएको पाइन्छ । अधिकारीले भने, ‘यस अनुसन्धानमा जम्मा १८२ जना सहिद स्रष्टाको सूचनालाई लिपिबद्ध गर्ने काम भएको छ ।’

Avatar

Avatar
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

  • तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

  • नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

  • सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

    सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

    तोलामा एक हजार चार सयले घट्यो सुन

    तोलामा एक हजार चार सयले घट्यो सुन

    डिभिजन बन कार्यालय धादिङको सूचना

    डिभिजन बन कार्यालय धादिङको सूचना

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    नेप्से परिसूचक १२ अङ्कले घट्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution