Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बुढीगण्डकीकाे मुआब्जा रकम प्रयोग गर्न रोक लगाउन खोजेको भन्दै राष्ट्रिय सरोकार समितिको आपत्ति

प्रत्यूष ४०५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ६, सोमबार (३ साल अघि)
बुढीगण्डकीकाे मुआब्जा रकम प्रयोग गर्न रोक लगाउन खोजेको भन्दै राष्ट्रिय सरोकार समितिको आपत्ति

काठमाडौं, ६ असार। 

बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा रकम प्रयोग गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

समितिका संयोजक हरेराम ढकालले सोमबार विज्ञप्ति जारी गर्दै हाल बुढीगण्डकी जलविद्युत आयोजना मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवान क्षेत्रको घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा वितरणका क्रममा डुवान क्षेत्रका बासिन्दाको जायज माग र गुनासोलाई बेवास्ता गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘मुआब्जा नपाउनेहरुले छिटो पाउनु र मुआब्जा पाएकाहरुले आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको के कति दररेट अनुसार कति मुआब्जा पाएको हो भनी थाहा पाउनु डुवानबासीको अधिकार हो । तर बुढीगण्डकी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले डुवानबासीलाई आफ्नो घर गोठ, संरचना र बोटविरुवाको के कति दररेटमा कति मुआब्जा दिएको हो भनी जानकारी दिन अस्वीकार गर्नु गैरजिम्मेवारीपन हो,’ ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मुआब्जा दिने क्रममा आफ्नो घर, गोठ, संरचना र बोटविरुवा छुटपुट भएको अवस्थामा पनि डुवानबासीलाई चुप बस्न बाध्य पारिएको छ । त्यसैले डुवानबासीलाई आफ्नो घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दररेट थाहा दिन र यदि घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा दिन छुटेको भए मुआब्जा पाउने सुनिश्चित गर्न माग गर्दछौं ।’

समितिले बुढीगण्डी मुआब्जा, वातावरण, पुनर्बास तथा पुनस्र्थापना इकाइले विभिन्न बैंकको खातामा डुवानबासीलाई दिएको मुआब्जा रकम सम्बन्धित बैंकले यो वा त्यो बहानामा प्रयोग गर्न दिन रोकेको भन्दै त्यसको भत्सर्ना गरेको छ ।

‘मुआब्जा रकम बैंक खातामा दाखिला भएको १५ दिन भन्दा बढी हुँदा पनि बैैंकले प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंक कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको त होइन भन्ने आशंका उत्पन्न भएको छ । आफ्नो खातामा आएको मुआब्जा रकम प्रयोग गर्न दिनबाट वञ्चित गर्ने बैंकहरुको यो रवैया भत्र्सनायोग्य छ । त्यसैले मुआब्जा खातामा आएको रकम डुवानबासीलाई आफ्नो चाहना अनुसार प्रयोग गर्न दिन सम्बन्धित बैंकलाई आग्रह गर्दछौं,’ ढकालले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सिँचाइका लागि पोखरी निर्माण भएपछि किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution