Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सेयर बजार निरन्तर ओरालोतर्फ, सूचक १९३४ अंकमा झर्यो

प्रत्यूष ४४४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (३ साल अघि)
सेयर बजार निरन्तर ओरालोतर्फ, सूचक १९३४ अंकमा  झर्यो

काठमाडौं,५ असार । 

सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार बजार सूचक नेप्से ओरालो लागेको छ । गत साताभरमा निरन्तर ओरालो लाग्दै आएको बजार सूचकको गिरावटको क्रम आइतबार पनि नरोकिएन ।

आइतबार नेप्से १.८९ प्रतिशत अर्थात ३७.२७ अंकले घटेर १९३४ दशमलव ११ अंकमा आइपुगेको छ । गत साता नेप्से ७७ अंक घटेर १९७१ दशमलव ३८ अंकमा ओर्लिएको थियो । ठूला कम्पनीहरूको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ७.२९ अंक अर्थात १ दशमलव ९१ प्रतिशतले घटेर ३७३ दशमलव ८५ अंकमा ओर्लिएको छ ।

आज २३३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । २७ हजार ६ वटा संख्यामा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो ।

कारोबारमा आएका सबै उपसमूहगत सूचक राताम्मे बनेको छ । विकास बैंक, फाइनान्स, अन्य, म्युचुअल फण्ड र जलविद्युतको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

घटेको बजारमा नेपाल टेलिकमको उच्च कारोबार भएको छ । टेलिकमको १० करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी एनसीसी बैंकको ५ करोड ६८ लाख, सेञ्चुरी कमर्सियल बैंक ४ करोड ८२ लाख, नबिल बैंक ४ करोड ७ लाख र एनआईसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको बजारमा आधिँखोला जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ ।

आइतबारको बजारमा रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेर २४६.९० रुपैयाँमा झरेको छ । बलेफी हाइड्रोपावर ८.१९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक ७.६८ प्रतिशत, माउन्टेन हाइड्रोपावर नेपाल लिमिटेड ७.३३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.११ प्रतिशतका दरले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution