Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ३१, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी

प्रत्यूष ३३० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (३ साल अघि)
मन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी

काठमाडौं, ५ असार।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।

संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो । सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लेघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै सचिवालयमा उजुरी परेको हो ।

अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी दिएका हुन् ।

उजुरीकाे पूर्णपाठ

मिति : २०७९/०३/०५

श्रीमान सभापतिज्यू संसद र आचारण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरबार काठमाडौं।

विषय : प्रतिनिधिसभा सदस्यको आचारसंहिताको उजुरी सम्बन्धमा

महोदय, 

उपरोक्त सम्बन्धमा विगत केही समययता डोटी जिल्लाका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा समेत अश्लिल शब्द प्रयोग गरेको अडियोसहितको समाचारहरु बाहिर आएका छन् । सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका माननीय सांसद प्रेम आलेज्यूले २०७८ फागुन ३ गते सार्वजनिक भएको पहिलो टेलिफोन अडियोमा मुम्बईमा बस्ने एक नेपालीलाई अश्लिल शब्द मात्रै प्रयोग गर्नुभएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो । त्यसपछि पनि उहाँले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामति कर्मचारीहरुलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको पाइएको छ ।

यसैबीच मिति २०७९ साल असार ३ गते शुक्रबारका दिन नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाईन मिडियाहरुमा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चार माध्यमहरुमा आए अनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ । त्यस्तै प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खदजनक अश्लिल शब्द प्रयोग गरिएको भेटिएको छ। सांसदको आचारसंहिताको विषयमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधीसभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकुलको व्यवहार गर्ने उल्लेख छ । यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय समेत उल्लेख छ। यसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य बिषय मान्न मिल्दैन ।

यसले नेपालको भाषा र संस्कृतिमाथी ठूलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुव्यबस्था तथा मर्यादामाथी साधिकार व्यक्तिवाट निर्लज्ज प्रहार भएको छ। यसले गर्दा जनप्रतिनिधिहरुको सामाजिक तथा मान्यता र जिम्मेवारीबाट समेत बिमुख भएको महशुस भएको छ । यसरी सार्वजनिक भएको टेलिफोन अडियो माननीय सांसद प्रेम आलेले आफ्नो भएको स्विकार गरिसक्नुभएको छ भने दोस्रोको विषयमा हालसम्म उहाँको सचिवालयबाट कुनै प्रतिक्रिया आएको छैन। भाषा राष्ट्रिय अभिव्यक्तिको माध्यम हो । नेपाली भाषा यसमा सबैभन्दा धनी मानिन्छ। राष्ट्रको अस्तित्वलाई जोगाउदै देशको साँस्कृतिक विविधतालाई भाषाको माध्यमबाट विश्व मञ्चमा नेपाली पहिचान प्रदर्शन गर्नपर्ने पद हो, सांसद । देशको जनप्रतिनिधिमूलुक संस्थाले आधुनिक युगका आवश्यकता अनुसार भाषिक क्रियाकलाप गर्न भाषालाई सक्षम बनाउँदै लैजानु पर्छ । समाजको आवश्यकतालाई ध्यानमा राखी भाषालाई सहज सम्प्रेषणीय बनाउनु आधुनिकीकरण हो । समाजको विविध पक्षको विकासका लागि अभिव्यक्त गरिने स्तरीय भाषिक रूपलाई भाषाको मानक रूप मानिन्छ।

समाजका बौद्धिक, शैक्षिक, सांस्कृतिक आदिपक्षका विकासका साथसाथै त्यसलाई व्यक्त गर्ने, ग्रहण गर्ने तथा सम्प्रेषण युक्त बनाउन शिष्ट, स्तरीय, मानवीय तथा मान्यता प्राप्त भाषाको निर्माण गर्दै जानु र सोहीअनुसार भाषिक प्रयोगको क्षेत्र विस्तार गर्नु मानकीकरणका कार्य हुन । यसरी भाषाको मानक तयार हुँदै जान्छ । ठुलो क्षेत्रमा प्रयोग हुनु, धेरै वक्ताले प्रयोग गर्नु, शैक्षिक साहिसिला लगायत औपचारिक कार्यमा प्रयोग हुनु मानक भाषाका विशेषता हुन् । तर माननीय सांसद प्रेम आलेज्युले प्रयोग गर्नुभएका यि शब्द कदापी समाजमा बोल्न र सुन्न योग्य होईनन । के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो ? यि र यस्तै गतिविधिका कारण आमजनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संशय पैदा हुन् स्वभाविकै हो । यद्यपी यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरितका कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आमराजनीतिक दलहरुप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले यस समिति समक्ष माननीय सांसद आलेज्यूको यो अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं। माथी उल्लेखित उजुरीको अनुसन्धानका लागि सबै आवश्यक प्रमाण यसै निवेदनसाथ पेश गरेका छौं। 

बाेधार्थ

१. सम्माननीय सभामुख तथा आचारण अनुगमन समितिका सभापति श्रीमान अग्नीप्रसाद सापकोटा ज्यू।
२. सम्माननीय उपसभामुखज्यू
३. माननीय श्री केपी शर्मा ओली ज्यू, विपक्षी दल नेता (नेकपा एमाले)
४. श्रीमान समितिका सचिव ज्यू, महासचिव संघीय संसद

निवेदकहरु
अधिवक्ता किशोर पौडेल
अधिवक्ता अनुपम भट्टराई
रेजिना पौड्याल, कानूनको विद्यार्थी (काठमाडौ स्कुल अफ ल) 

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

  • नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

  • इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

  • चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३० गते सोमबार

    २०८२ भाद्र ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution