Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

प्रत्यूष २५० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (३ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं, ५ असार । 

मकवानपुर, रुकुम (पश्चिम), मोरङ, बर्दिया, काभ्रेपलाञ्चोक, रुपन्देही र सर्लाहीका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ मनकामना चोकस्थित सडकमा बा.९५ प ८५६१ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक सोही उपमहानगरपालिका–४ सिर्जनापथ डेरा गरी बस्ने जनकपुर घर भएका ३९ वर्षीय अन्जन कर्ण रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार मृतककी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र छोरा ११ वर्षीय आर्यन कर्णलाई थप उपचारको लागि जनकपुरतर्फ रिफर गरिएको छ ।

रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–११ छोटेटारमा लु.१ ज १८९७ नम्बरको जिप शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक बाफिकोट गाउँपालिका–८ दुली बस्ने २६ वर्षीय प्रकाश घर्ती र जिपमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय कबिराम बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नगर अस्पताल राडीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको बेलबारी नगरपालिका–२ किस्ती खोलास्थित सडकमा ना.६ ख ५९३६ नम्बरको ट्रकमा शनिबार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने ३५ वर्षीय रबिन चाम्लिङ राईकी छोरी २ वर्षीया दयानी राई रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार रबिन र उनकी श्रीमतीको अवस्था सामान्य रहेको छ । ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–९ माछागढ चोकमा सु.प.प्र.०१–००१ ख २५८२ नम्बरको बसले भे.११ प ७९५७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५१ वर्षीय दिल बहादुर केसी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तामाघाटपुलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही एरियामा मागी हिँड्ने हाल पहिचान नखुलेकी करिब ३२ वर्षीया महिला रहेकी छन् । उनको आइतबार बिहान मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित सडकमा यूपी ३२ एलपी २२७१ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको धनकौन गाउँपालिका–५ छठीघाट पुलमा बीआर ०५ एआर ५१३७ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कारमा सवार रौतहट वृन्दावन नगरपालिका–४ हरैया बस्ने ४ वर्षीय गम्भीर यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको एड्भान्स संजिवनी अस्पताल बरहथवामा उपचार भइरहेको छ । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

  • प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

  • धादिङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    धादिङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

  • तोलामा सात सयले घट्यो सुनको मोल

    तोलामा सात सयले घट्यो सुनको मोल

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

    प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

    धादिङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    धादिङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    तोलामा सात सयले घट्यो सुनको मोल

    तोलामा सात सयले घट्यो सुनको मोल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution