Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा निर्वाचन : यी हुन् दुई समूहका उम्मेदवार

प्रत्यूष ५५५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (३ साल अघि)
एन्फा निर्वाचन : यी हुन् दुई समूहका उम्मेदवार

काठमाडौं, ५ असार ।

नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) को चार वर्षे कार्यकालको लागि भोलि (सोमबार) निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी चार वर्ष एन्फा हाक्ने २१ सदस्यीय कार्यसमिति पाउँनेछ ।

अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ समूहसहित प्रतिस्पर्धाको मैदानमा उभिएका छन् । यस्तै, फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेल समेत अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् ।

नेपाली खेलकुद क्षेत्रमै बढी चलायमान र धेरै बजेट हुने संघ हो, एन्फा । यसले गर्दा एन्फा जहिल्यै चर्चाको शिखरमा रहने गर्छ । पूर्वअध्यक्ष गणेश थापाको २२ वर्ष कार्यकाल पछि नरेन्द्र श्रेष्ठ हुँदै कर्मा छिरिङको समूह एन्फाको नेतृत्वमा आएको थियो । तर, थापाको नेतृत्वलाई चिर्दै एन्फामा आएका कर्मा र पंकज नै यतिबेला प्रतिस्पर्धाको मैदानमा छन् । दुवैले समूह बनाएर नै एक अर्कालाई सक्काउने मनस्थिति बनाएका छन् ।

अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी पर्दा एक वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३५ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको समूहबाट बी डिभिजन क्लब सरस्वती युथका अध्यक्ष शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा आफूलाई प्रस्तुत गरेका छन् । यस्तै, चार उपाध्यक्षमा पूर्वखेलाडी तथा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह, पूर्वखेलाडी विज्ञानराज शर्मा, दीर्घबहादुर (कुमार) केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

१३ सदस्यका लागि अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रविवण कुमार यादव, रामराज गुरुङ, मणि राज विष्ट, टिका लामा र महिला तर्फ पेमा डोल्मा लामा र विना श्रेष्ठ छन् ।

यता, पंकज नेम्बाङ पक्षबाट बरिष्ठ उपाध्यक्षमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघका प्रतिनिधि तथा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदारी दिएका छन् ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष तथा पूर्व खेलाडी विराटजंग शाही, बी डिभिजन क्लब प्लानिङ ब्वाइज क्लबका अध्यक्ष दावा लामा, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा र ए डिभिजन क्लब न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

सदस्य पदमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वरकुमार राउत सहित महिलामा वृन्दा देवान र सरला श्रेष्ठ छन् ।

यता, सदस्य पदका लागि केहि स्वतन्त्र उम्मेदवार समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution