Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर ७, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रेम विवाहको ८ महिनापछि जब पतिले राधिकालाई करेन्ट लगाए…

प्रत्यूष ३०६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)
प्रेम विवाहको ८ महिनापछि जब पतिले राधिकालाई करेन्ट लगाए…

जनकपुरधाम, ३ असार

करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छट्पटाउँदै जीवन बिताउन बाध्य छिन  ।

अस्पतालको शैयामा छटपटाउँदै आएका उनलाई अहिले दुःखको घडिमा साथ दिने न त उनका परिवार छन्, न त अन्य आफन्त नै । प्रेम विवाह गरेर आफनो सुन्दर भविष्यको परिकल्पना गरेकी उनलाई अहिले श्रीमानले दिएको चरम शारीरिक यातनाले अस्पतालको शैयासम्म पुर्‍याएको छ ।

पति धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापाचोकमा बस्दै आएका अरुण शाहसँग करिब एक वर्षको चिनजानपछि आठ महिनाअघि प्रेम विवाह गरेकी उनी अहिले उनी पतिको चरम शारीरिक यातनाको पीडा सहन बाध्य छिन् ।

विवाहपछि थापाचोकमा डेरामा उनीहरू बस्दै आएका थिए । उनले विवाह गरेको करिब आठ महिनासम्म कोठा लिएर बस्दै आएको र श्रीमानलाई आफ्नो घर लैजान भनेपछि करेन्ट लगाएर चरम यातना दिएका  छन् । शारीरिक र मानसिक शारीरिक यातनाको कारण सकसमा परेका बेला उनको साथमा कोही छैनन् ।

‘समान्य विवाद भएको थियो । अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस भएपछि कहाँ के गर्‍यो । मलाई थाहा भएन । कसरी हस्पिटल पुगेँ, त्यो पनि थाहा पाइनँ । होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् ।

गत १६ जेठमा भएको सो घटनापछि राधिका गम्भीर घाइते भइन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरेको थियो । उनी १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएर उपचाररत छिन् ।

विवाह गरेर ल्याएको सुरुका दिनमा अरुणले उनलाई राम्रै व्यवहार र हेरविचार गरेका थिए । सुरुका दिनमा आफूलाई घर खर्च चलाउन पैसा दिने गरेको बताएकी उनले जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा आफूलाई कामसमेत लगाइदिएको बताइन् ।

‘महिनाको १० हजार जति मैले पनि कमाउँथे । घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएको थिएँ । बढिजसो मैसँग बस्थ्यो तर, पछि दुई/तीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो,’ राधिकाले भनिन्, ‘त्यसपछि आफूले सोधखोज गर्दा यातना दिने गरेको र त्यो दिनसमेत विवाद भएको र घरमा आफूलाई लैजान भनेपछि विवाद भयो । विवादपछि उनले कुटपिट गर्दै करेन्ट लगाएका दिए । करेन्ट लगाएपछि बेहोस  भएछु, कसले अस्पताल लग्यो, त्यो पनि थाहा पाइनँ ।’

उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले नै हेरचाह र खाना खुवाउने औषधि दिने काम गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै खुट्टाा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन् ।

उनको हातको औँलादेखि खुटटाको औँला र शरीरको भागहरू समेत जलेको छ । घटना भएदेखि नै अरुण फरार छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले छिमेकीले खबर गरेपछि उनलाई उद्धार गरेर अस्पताल लगेको जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका क्षेत्रीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताए ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

    धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

  • खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

    खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

  • वाग्मती करिडोलाई  सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

  • ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर ४ गते बिहिबार

    २०८२ मंसिर ४ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

    धादिङको नेत्रावतीमा उत्कृष्ट शिक्षक सम्मानित

    खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

    खानेपानी र सरसफाइको क्षेत्रमा साझेदारसँग छलफल

    वाग्मती करिडोलाई  सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    वाग्मती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड

    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    ‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution