Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २७, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बलिउडमा कसले कति फिल्ममा अभिनय गरे ?

प्रत्यूष ४८५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (३ साल अघि)
Post Thumbnail

मुम्बई/ बलिउडमा हरेक वर्ष कति नयाँ फिल्म बन्छन् कमैलाई हेक्का हुन्छ । त्यसमध्ये हिट भएका मात्रै दर्शक र सिनेमा लभरहरूले याद गर्छन् । तर, फिल्ममा देखिएका कलाकारहरूले अहिलेसम्म कति वटा फिल्ममा अभिनय गरेका छन् भन्ने धेरै चासो हुन्छ । विश्वमा सबैभन्दा बढी फिल्ममा अभिनय गर्ने रेकर्ड दक्षिण भारतीय अभिनेत्री मनोरमाको नाममा छ ।

बलिउडमा यस्ता केही कलाकार छन्, जसले बलिउडमा सर्वाधिक फिल्ममा अभिनय गरेका छन् । यो सूचीमा पहिलो नाम अभिनेत्री ललिता पवारको छ । ललितालाई बलिउडको ‘फस्र्ट लेडी’ पनि भनिन्छ । सन् १९२८ मा फिल्मी करियर सुरु गरेकी ललिताले सन् १९९८ सम्म करिब सात सय फिल्ममा अभियन गरिन् । सन् ८० देखि ९० को दशकमा ललिता भिलेन चरित्रमा निकै लोकप्रिय रहिन् । उनले ‘चतुर सुन्दरी’, ‘श्री ४२०’, ‘दलेर’, ‘पृथ्वीराज चौहान’ जस्ता फिल्ममा अभिनय गरिन् । उनले रामानन्द सागरको प्रख्यात धार्मिक टेलिफिल्म ‘रामायण’मा मन्थराको चरित्रमा विशेष पहिचान बनाएकी थिइन् ।

सन् १९७४ मा फिल्मी करियर सुरुवात गरेका अभिनेता शक्ति कपुरले कैयौं उत्कृष्ट फिल्ममा अभिनय गरेका छन् । उनले करिब सात सय फिल्ममा काम गरेका छन् । सन् ८० देखि ९० को दशकमा उनी कमेडी र भिलेन चरित्रमा लोकप्रिय थिए ।

अभिनेता अनुपम खेरले पाँच सयभन्दा बढी फिल्ममा काम गरेका छन् । उनको फिल्मी करियरको सुरुवात सन् १९८४ को फिल्म ‘सारांश’बाट भएको थियो । यो फिल्ममा २९ वर्षका अनुपमले एक ६५ वर्षको व्यक्तिको भूमिका निर्वाह गरेका थिए ।

६ दशकदेखि बलिउडमा अलग पहिचान बनाएकी अरुणा इरानीले हालसम्म पाँच सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । उनले सन् १९६१ मा फिल्म ‘गंगा जमुना’बाट फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

बलिउडमा कैयौं आइकोनिक भिलेनको भूमिका अभिनेता अमरीश पुरीले पनि निर्वाह गरेका छन् । उनले सन् १९६७ देखि सन् २००५ सम्म करिब चार सय ५० फिल्ममा अभिनय गरे ।

अभिनेता ओम पुरीले पनि तीन सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । अभिनय र उनको स्वरका जो कोही दर्शक फ्यान हुन् ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution