Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १४, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

प्रत्यूष ३५१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३१, मंगलबार (३ साल अघि)
अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं, ३१ जेठ । 

काठमाडौं, कञ्चनपुर, दाङ र चितवनबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

३ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित झापा दमक उपमहानगरपालिका–९ घर भएका २७ वर्षीय संजय लिम्बुलाई सोमबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १९२७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ व्यक्ति उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट १० ग्राम ३ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ र ५ हजार भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय जसबिन्दर सिह छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली बस्ने २४ वर्षीय आकाश रोका मगरलाई ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले सोही ठाउँस्थित गिठेपानीमा लागूऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यलय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–२ टाडी चोकबाट नियन्त्रित लागूऔषध १ सय ३७ एम्पुल नोफिम, १ सय ३८ एम्पुल डाइजेपाम र १ सय ३८ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–६ बस्ने २९ वर्षीया वन्दना रुम्बा र उनकै श्रीमान ३७ वर्षीय नेमराज रुम्बा रहेका छन् ।

अस्पताल रोडबाट टाडी चोकतर्फ जाँदै गरेको ना.६१ प ६७२६ नम्बरको मोटरसाइकलाई इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वन्दनाको झोलाबाट उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

  • रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

  • स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

  • गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution