Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेप्से दोहोरो अंकले घट्दा एक अर्बको रुपैयाँको कारोबार

प्रत्यूष ४२८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
नेप्से दोहोरो अंकले घट्दा एक अर्बको रुपैयाँको कारोबार

काठमाडौं, ३० जेठ

पछिल्ला केही महिनायता निरन्तर ओरालो लागेको सेयर बजारले यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता पाएकाे छ । कारोबारको पहिलो दिन सोमबार कारोबारमा आएका २३० कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य घटेको छ।

साेमबार नेप्स दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा अडिएको छ। यस्तै सेन्सेटिभ पनि २.३० अंकले घटेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये सबैजसो उपसमूहको घटेका छन्। नेप्सेका अनुसार फाइनान्स, होटल एण्ड टुरिजम, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन तथा निर्जीव बिमा १ प्रतिशतभन्दा धेरैले घटेका छन्।

यस्तै वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, म्यूचुअल फन्ड, अन्य र बजार उपसमुह ०.२२ प्रतिशत भन्दा बढिले घटेका छन्।
यसरी सेयर बजार घट्नुको कारण तरलता अभाव र सरकारको व्यवास्था रहेको जानकारहरु बताउँछन्। बजार घटेको समयमा पनि तरलता अभावका कारण बैंकबाट पैसा नपाउनाले खरिदकर्ता बजारमा आउन नसकेको उनीहरूको तर्क छ।

७ जेठ बुधबार दुई हजार बिन्दुको परीक्षण गरेलगत्तै बाउन्सब्याक लिएको नेप्से एकैदिन ६० अंकको वृद्धि भएर बन्द भयो। बिहीबार कारोबार समयमा नै  परिसूचक २१०० बिन्दुमा पुगिसकेको थियो। तर, बिहीबार २१ सयलाई पार गरेलगत्तै बिक्रेताको सक्रिय प्रदर्शनी बजारमा देखिएको थियो। २१ सय कट्ने बित्तिकै सामान्य नाफा बुक गरेर लगानीकर्ता बाहिरिएका थिए।

बुधबारयता कारोबारी तीन दिन मात्र नेप्से ४८ अंकले घटिसकेको छ। साेमबार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार बढीको कारोबार भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये बलेफि हाइड्रोपावर लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत नाफा कमाएका छन्।

यस्तै मानुषी लघुवित्त, एनएमबी ५०, ओरियन्टल होटल र बुद्ध भूमी नेपालका लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत भन्दा धेरै गुमाउका छन्।
यस्तै आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution