Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

प्रत्यूष ३५९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, ३० जेठ

काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा ना.५ ख २८१९ नम्बरको मिनी ट्रकले बा.७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार काँडाघारी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । आइचर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलस्थित सडकमा बा.२० च ४११४ नम्बरको कारको ठक्करबाट आइतबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया राधिका बोटेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ । कार धनीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–७ गोछडाटारमा ना.७ त ३७७५ नम्बरको ट्रयाक्टरको ढाला पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक कावासोती नगरपालिका–१७ बस्ने ५५ वर्षीय शान्तिनाथ महतो रहेका छन् ।

बाराको महागढिमाई नगरपालिका–८ थलही पुलस्थित सडकमा प्र २–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको  छ ।

मृत्यु हुनेहरूमा चालक सूवर्ण गाउँपालिका–७ सनफुल्वा बस्ने ३५ वर्षीय विरूलाल यादव र मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय मेवा चन्द्र यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँकेको राप्तिसोनारी गाउँपालिका–२ हरिहरपुर बस्ने सन्तोष बिकको छोरा ११ वर्षीय सुनिल बिकले चलाएको साइकल आइतबार साँझ दुर्घटना हुँदा सुनिलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका साइकलमा सवार सोही ठाउँ बस्ने वेद प्रसाद भण्डारीको छोरा १४ वर्षीय करण भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नाबिन क्रसरस्थित सडकमा प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले ना.२ ह ६४ नम्बरको अटोलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोका चालक बारा रतनपुर गाउँपालिका डम्बरपुर बस्ने २६ वर्षीय मिलन सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अटोमा सवार हेटौंडा उपमहानगरपालिका–१२ गुरुविर्ता बस्ने ३५ वर्षीय सुवास सुनारको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

  • भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution