Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १५, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नम्बर प्लेट नै स्पष्ट नभएपछि एक्सनमा ट्राफिक प्रहरी, दुई सातामै १५ सय बढी कारबाहीमा

प्रत्यूष ३३१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (३ साल अघि)
नम्बर प्लेट नै स्पष्ट नभएपछि एक्सनमा ट्राफिक प्रहरी, दुई सातामै १५ सय बढी कारबाहीमा

भैरहवा, ३० जेठ

सवारी दुर्घटना भएपछि सवारीसाधनको पहिचान खुलाउने पहिलो मुख्य संकेत नम्बर प्लेट हो । नम्बर प्लेट नै स्पष्ट नभएपछि कसले दुर्घटना गर्‍यो भन्ने ठम्याउन पनि गाह्राे हुन्छ । सवारीसाधनमा नम्बर प्लेट राख्नुको मुख्य उद्देश्य नै दुर्घटना हुँदा सम्बन्धित सवारी साधनको पहिचान गर्न सहज होस् भन्ने हो ।

चेकजाँच र नियमन गर्ने निकायको फितलो अनुगमनका कारण नम्बर प्लेट जस्तो राख्दा हुन्छ भन्ने आममानिसमा बुझाई सृजित भएकाले पनि सवारीचालकहरूले बेवास्ता गर्दै आएका थिए ।

पछिल्लो समय रुपन्देहीमा पनि नम्बर प्लेट स्पष्ट नभएको र नियमविपरीत सवारीसाधनको नम्बर प्लेटमा विभिन्न संकेतहरू राखेर निर्वाध गुडेको पाइएपछि ट्राफिक प्रहरीले अभियान नै चलाएर कारबाही गर्न थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवारीसाधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुइलिएको, स्वरूप परिवर्तन गरेको र नम्बरबाहेकका अन्य वस्तु राखिएका सवारीलाई नम्बर प्लेट सुधार अभियानमार्फत कारबाही गर्न थालेको हो ।

तिलोत्तमा, भैरहवा बजार, सालझण्डी, धकधई, लुम्बिनी, बेथरीलगायतका ठाउँमा ८ जेठबाट अभियानअन्तर्गत चेकजाँच गरी सुधार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए । सवारी दुर्घटना भए पनि पहिचान हुन गाह्राे हुने, नम्बर बिग्रिँदा पनि सवारीधनीले बेवास्ता गर्ने, सवारी तथा यातायात ऐन २०४९ ले तोकेको मापदण्डविपरीत नम्बर प्लेट पाएपछि निजी तथा सरकारी कर्मचारीका सवारीसाधन गरी एक हजार पाँच सय बढीलाई कारबाही गरी सुधार गरिएको प्रमुख केसीले बताए ।

धेरैजसो विद्यार्थीहरूले सवारी तथा यातायात ऐन, २०४९ विपरीत नम्बर प्लेट बनाउने गरेका छन् । नियमविपरीत गर्नेलाई कानुनी दायरामा ल्याई नम्बर प्लेट सुधार गरेर मात्रै दुई सातााको अवधिमा सात लाख ५० हजार बढी जरिवाना असुल गरिएको छ । यो तथ्यांक बुटवलबाहेकको हो ।

कारबाही हुनेमा अधिकांश मोटरसाइकल र स्कुटर छन् । पीकअप, हलुका सवारीसाधन, तीनपांग्रेलगायतका सवारीसाधान पनि छन् । ‘ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न पनि अभियानले सहयोग पुग्ने छ । पहिलो चरणमा बस्ती केन्द्रित र बजार क्षेत्रमा अभियान चलाएका छौं, यसलाई मुख्य राजमार्ग र ग्रामीण क्षेत्रमा पनि लैजाने तयारी छ,’ उनले भने ।

सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहे पनि पहिलो चरणमा पाँच सय जरिवानासहित नम्बर प्लेट सुधार भइरहेको छ । यसले सवारीधनीहरूलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्ने बानीको विकाससमेत भएको पाइएको छ । कारबाही पर्ने मोटरसाइकलले प्लेटमा नेपालको झण्डा राखेकाे पाइएको छ । दैनिक कारवाहीमा पर्न थालेपछि अहिले धेरै सुधार भएको छ ।

यातायात व्यवस्था ऐन २०४९ ले सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेटको साइज निर्धारण गरेको छ । ऐनको अनुसूची २ मा ठूलो र मझौला सवारीसाधनको नम्बर प्लेटको हकमा १४ इन्च लामो ८ इन्च चौडाको, साना चारपांग्रे सवारीसाधनको हकमा १२ इन्च लामो ७ इन्च चौडाको, तीनपांग्रे सवारीसाधनको हकमा १० इन्च लामो ७ इन्च चौडाको र दुईपांग्रे सवारीसाधनको हकमा ८ इन्च लामो ५ इन्च चौडा हुनुपर्ने व्यवस्था छ।

नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साइज ठूलो तथा मझौला सवारीसाधनको हकमा कम्तीमा ३ इन्च अग्लो र १/२ मोटो, साना चारपांग्रे तथा तीनपांग्रे सवारीसाधनको हकमा २ इन्च अग्लो र १/२ इन्च मोटो तथा दुईपांग्रे सवारीसाधनको हकमा २ इन्च अग्लो तथा ३/८ इन्च मोटो हुनु पर्दछ । नम्बर प्लेटको चारैतिर १/२ इन्च मोटरसाइकल स्कुटर आदिको प्लेटमा १/४ इन्च छोडेर अंक र अक्षरमा लेख्नुपर्दछ । अंक र अक्षर बीचको दूरी कम्तीमा १/४ इन्च तथा तल्लो र माथिल्लो लाइनको दूरी कम्तीमा १/२ इन्च हुनुपर्ने नियम छ ।

 

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

  • बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

  • उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

  • चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution