Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अवैध लागूऔषधसहित आठ जना पक्राउ

प्रत्यूष ३९४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं, २९ जेठ 

मकवानपुर र बाँकेमा अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ देबघाट गाउँपालिका–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ बस्ने २३ वर्षीय जंग बहादुर तामाङ रहेका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ३५५३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवर रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सोही ठाउँबाट करिब १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दाङ लमही नगरपालिका–५ बस्ने २१ वर्षीय दिवस डाँगी समेत ३ जनालाई शनिबार राति पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution