Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

‘फेरि हारको कारण खराब ब्याटिङ’

प्रत्यूष ६२० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (३ साल अघि)
‘फेरि हारको कारण खराब ब्याटिङ’

काठमाडौं, २७ जेठ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन् । शुक्रबार बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ ।

खेलपछि प्रतिक्रिया दिँदै कप्तान सन्दीपले भने, ‘हारको कारण ब्याटिङ नै हो । हामी कुनै पनि पनि समय सम्मालिएर खेल्न सकेनौं ।’ यसअघि नेपालले दुई ओपनर घाइते भए पनि सुवास खकुरेललाई अमेरिका बोलाएको थियो । उनीसमेत पहिलो खेलमा चल्न सकेनन् । नेपालको ब्याटिङमा पुनः ओपनिङ जोडी चल्न सकेनन् । नेपालले ४० रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो ।

अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट रंगशालामा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ४ ओभरमा सबै विकेट गुमाउनुअघि १९८ रन मात्र बनाउन सक्यो ।नेपालका आरिफ सेखले सर्वाधिक ६६ रन बनाए । यसबाहेक देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४ र सोमपाल कामीले १३ रन बनाए ।

ओमानका जिसन मक्सुद र खवर अलीले समान तीन विकेट लिए । यस्तै, विलाल खानले दुई विकेट लिँदा अयान खानको नाममा एक विकेट रह्यो ।यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

ओमानका कप्तान मक्सुदले सतकीय इनिङ खेलेका थिए । अविजित १०४ बनाएका मक्सुदले १२६ बलमा १२ चौका प्रहार गरे ।यस्तै, खवर अलीले ३०, सोएब खानले २७ र सुरज कुमारले टिमको खातामा १२ रन जोडे ।

नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका करणले ३८ रन खर्चिएका थिए । यसबाहेक कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए ।कप्तान सन्दीपले अन्तिम १० ओभर समेत नेपाली फिल्डिङ सफल  हुन नसकेको बताए । ‘हामी ओमानलाई २०० कटाउन नदिने अवस्थामा थियौं । तर, त्यो सफल हुन सकेन,’ उनले भने ।

जितसँगै लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ३४ खेलबाट ४२ अंक जोडेको छ । तालिकाका छैटौं स्थानमा रहेको नेपालले १३ खेलबाट १२ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution