Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बाघको आक्रमणबाट खेतमा तरकारी टिप्न गएका व्यक्ति घाइते

प्रत्यूष ६२० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (३ साल अघि)
बाघको आक्रमणबाट खेतमा तरकारी टिप्न गएका व्यक्ति घाइते

चितवन, २७ जेठ।

चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन् । बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ ।

खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ । बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन ।

आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका–१ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा)लाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार घाइतेको अनुहार र घाँटीमा चोट लागेको छ । घाइतेको अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उद्धार गरेको हो । उक्त बाघले स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको पाइएको उनले बताए । त्यस्तै, बाघले जितबहादुर थिङको एउटा गाईलाई आक्रमण गरि घाईते बनाएको उनले बताए ।

यसअघि २४ जेठमा भरतपुर महानगरपालिका–२३ की मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । स्थानीय घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका बेला बोटेलाई बाघले आक्रमण गरेको थियो ।

जेठ महिनमा मात्रै बाघले आक्रमण गरेको यो पाँचौ घटना हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनहरु पाटे बाघको मुख्य बासस्थान भएका क्षेत्र हुन् ।पाँच वर्षअघिको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा पाटेबाघ छन् । गत वर्ष बाघको गणना गरिए पनि बाघको तथ्यांक सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

  • निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २५ दिन बाँकी, कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    निर्वाचन २६ दिन बाँकीः चौबिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution