Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खाद्य अधिकार दावी गर्दै धुनीवेसीका नगर प्रमुखलाई ध्यानार्कषण

प्रत्यूष ५२६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (३ साल अघि)
खाद्य अधिकार दावी गर्दै धुनीवेसीका नगर प्रमुखलाई ध्यानार्कषण

धादिङ २७ जेठ
यूनाइटेड सिमेण्ट उद्योगको धुवाँ धुलो र ध्वनी प्रदुषणले आजित भएका जुगेडीका राईहरु र खानेपानी अभावमा ६५ परिवारले एउटै धारोमा घण्टौसम्म लाइन बसेर पानेपानी खाद्यै आएका गुर्धुमका तामाङहरु खाद्य अधिकार दावी गर्दै नगर प्रमुखलाई ध्यानार्कषण गएकाछन् । दोश्रो कार्यकालाकालागि निर्वाचित धुनीवेसी नगरपालिका नगर प्रमुख वालकृष्ण आर्चायले ध्यानार्कषण पत्र बुझ्दै समुदायको माग मौलिक हकसंग सम्वन्धित रहेकोले चरणवद्ध रुपमा सम्वोधन हुने बताए ।

दुई वटा समूहका प्रतिनिधिहरु छुट्टाछुट्टै तर एक साथ आएका प्रनितिधिहरुसंग छलफल गर्दा नवनिर्वाचित उपप्रमुख सुरज उप्रेती र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेंललाई साथ राखेर समुदायको माग सुनेका थिए ।जिल्लाकै पहिलो तरकारी पकेट क्षेत्र र मानव बस्तीमै झुक्याएर केएल दुगड ग्रुपले यूनाईटेड सिमेण्ट उद्योग सञ्चालन गरे पश्चात पूर्व शर्त पुरा नगरी धुवाँधुलो र प्रदुषणले हाजित भएका जुगेडी खाद्य अधिकार समूहको तर्फबाट समूहकी संयोजक रमा राईले सिमेन्ट उद्योगबाट निस्कने धुवाँधुलो पूर्ण रुपमा बन्द गरिनु पर्ने र मुख्य राजमार्ग देखि उद्योग सम्म आउने सडक चौडा, पक्की ढलान वा कालो पत्र गर्नु पर्ने माग प्रस्तुत गरिन ।

यसैगरी कृषि विमा (वाली तथा पशु) गरिदिनु पर्ने र अहिलेसम्मको नोक्सानीको एकमुष्ट क्षतिपूर्ति दिनु पर्ने, स्थानीय समूदायका सवै सदस्यको पूर्ण स्वास्थ्य विमा गरिदिनु पर्ने र स्वास्थ्य सेवा गाँउबाट दिनु पर्ने र स्थानीय महिलाहरुलाई हस्तकला सीप सम्वन्धी तालिम सञ्चालन गरि व्यावसायिक बनाउनु पर्ने माग ष्रिन ।

यसैगरी स्थानीयहरुलाई एक घर एक रोजगार दिने आश्वासन कार्यान्वय गर्नु पर्ने, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको विषयमा नगरपालिका, उद्योग व्यवस्थापन पक्ष र समुदायका प्रतिनिधि छलफल हुनु पर्ने र चौमासिक रुपमा त्रिपक्ष समिक्षा बैठक गरिनु पर्ने र पोली फर्म उत्पादन गर्दा प्रयोग भएको केमिकलबाट स्थानीयहरु विरामी पर्न थालेकाले स्थानीयलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्ने बतावरण मिलाउनु पर्ने माग गरिन । जुगेडी खाद्य अधिकार समूहको माग अनुसार उद्योगीलाई बोलाएर समूदायको माग पुरा गराउन नगरपालिका सदवै लागिरहने बताए । नगरपालिका पनि वातावरण मैत्री उद्योग सञ्चालनको पक्षमा नीतिनियम बनाउदै आएको र नगरपालिका बन्नु अघिका उद्योगका कारण समस्या आएकाले नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गराउने बताए ।

गुर्धुम खाद्य अधिकार प्रभावित समूहका संयोजक नरेन्द्र तामाङ छुट्टै आठ वुदें ध्यानार्कषण पत्र बुझाएकाछन् । ध्यानार्कषण पत्रमा खानेपानी योजना सम्पन्न गरी एक घर एक धारा निमार्ण गर्नु पर्ने र राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बत्ती बाल्ने व्यवस्था मिलाउनु पर्ने दावी गरिएको छ । यसैगरी आधारभुत स्वास्थय केन्द्र गुर्धुममा सञ्चालन गर्नु पर्ने, वर्खे तरकारी पकेट क्षेत्र घोषण गरि कार्यक्रम र बजेट व्यवस्था गर्नु पर्ने, नौविसे गुर्धुम सडक बाह्र महिना चल्ने बनाउनु पर्ने, आकासे पानी संकलन गरि सिचाइ व्यवस्था मिलाउनु पर्ने, तरकारी संकलन केन्द्र निमार्ण गर्नु पर्ने र सामुदायिक भवन निम्मार्ण सम्पन्न गर्नु पर्ने माग गरिएको छ ।

ध्यानर्कष्ण पत्र बुझे पश्चात नगर प्रमुख आर्चायले खानेपानी योजना आगामी वर्ष पुरा हुने र खानेपानी योजना सञ्चालन गर्न विद्युत आवश्यक हुने भएकाले एकै साथ खानेपानी र विद्युतको काम पुरा हुने प्रतिवद्धता जनाएका थिए । अरु मागहरु पनि क्रमश गर्दै जाने र वेला बखत यसरी छलफल गर्ने बातावरणले समिक्षा समेत हुने भएकाले समूहका प्रतिनिधि मण्डललाई पुन कार्यालयमा स्वागत गर्न पाँउ भन्दै प्रमुख आर्चायले नागरिकको खाद्य अधिकारका लागि खाद्य तथा पोषण सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बताए । फियान नेपालले नागरिकलाई अधिकार र कर्तव्य एकै साथ शिक्षा दिएकाले यो क्रम निरन्तरता दिन आग्रह गर्दै अरु समुदायमा पनि पुग्न सुझाए ।

यस जुगेडी खाद्य अधिकार प्रभावित समूुले वडा नं. ९ का अध्यक्ष माधव सिल्वाललाई पनि ध्यानार्कषण पत्र बुझाएका थिए । वडा अध्यक्ष सिलवालले आफु गर्न मिल्ने जति सहयोग गर्ने प्रतिवद्धता गरेकाछन् । यसैगरी गुर्धुम खाद्य अधिकार प्रभावित समूहले वडा नं. ७ का वडा अध्यक्ष यदु नाथ पाठकलाई ध्यनार्कषण पत्र बुझाएका थिए । ध्यानार्कषण पत्र वुझेपछि अध्यक्ष पाठकले खानेपानी तान्नको लागि त्रिफेज नाइन चार दिन भित्र जडान गर्ने र खानेपानी खाने वातावरण बनाउने बताएकाछन् । अरु काम क्रमिक रुपमा प्राथमिकताको आधारमा गर्दै जाने बताए ।

खाद्य अधिकार दावी गर्दै धुनीवेसीका नगर प्रमुखलाई ध्यानार्कषण

प्रतिक्रिया दिनुहोस
धुनिबेशी नगरपालिका सम्बन्धि थप
  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

  • गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

  • नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

    नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै पुगेर स्वास्थ्य परीक्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    संसद् पुनःस्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा

    Post Thumbnail

    सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    गोसाइँकुण्डमा भक्तजनको आकर्षण बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution