Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २६, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

१२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना

प्रत्यूष ४०४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २६, बिहिबार (३ साल अघि)
१२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना

काठमाडौं, २६ जेठ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका महानिर्देशक लिलाप्रसाद शर्माले  चालु आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप सो रकम जरिवाना संकलन गरिएको र कैफियत देखिएका अन्य व्यापारिक फर्महरूलाई चेतावनी स्वरुप सचेत गराइएको जानकारी दिए।

उनले जेष्ठ महिनाको २५ गतेसम्म मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र बैशाख महिनामा ३०२ फर्महरूलाई अनुगमन गरी १६ लाख ३५ हजार रुपैया जरिवाना गरिएको बताए।

त्यसैगरी २०७८ को चैत्र महिनामा विभिन्न १५१ फर्महरूलाई अनुगमन गरि २१ लाख ४० हजार र फाल्गुन मसान्तसम्म विभिन्न १९७९ फर्महरूलाई अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत महानिर्देशक शर्माले जानकारी दिए।

उनले विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरू सहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको बताए।

‘विभिन्न समस्याका बाबजुत विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रुपले बढेको छ,’ महानिर्देशक शर्माले भने, ‘हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौं।’

महानिर्देशक शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रुपमा समेत अनुगमन भइरहेकोले जानकारी दिए।

‘हामीले व्यापारीहरूलाई अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्नुका साथै आम उपभोक्तालाई पनि त्यस्ता क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नम्बर ११३७ मा जानकारी दिन अपिल गरिरहेका छौं,’ महानिर्देशक शर्माको भनाई छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

  • पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

  • नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

  • बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २६ गते सोमबार

    २०८२ माघ २६ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

    बढ्यो सुनचाँदीको भाउ

    बढ्यो सुनचाँदीको भाउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution