Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रत्यूष ५०० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २६, बिहिबार (३ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, २६ जेठ । 

तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङ रहेका छन् । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ पान्डेचोक साडेपानीमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावल रहेकी छन् । उनको बुधबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर  र को.५ प २३३० नम्बरको मोटरसाइकल बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २६ वर्षीय प्रेम घिसिङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनकै  श्रीमती २६ वर्षीया  कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिक रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला रहेकी छन्। उनको बिहीबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution