Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आठ दिन निरन्तर घटेको नेप्से बुधबार ६०.२२ अंकले बढ्यो

प्रत्यूष ४०१ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (३ साल अघि)
आठ दिन निरन्तर घटेको नेप्से बुधबार ६०.२२ अंकले बढ्यो

काठमाडौं, जेठ २५

पछिल्लो आठ कारोबार दिनदेखि लगातार घट्दो क्रममा रहेको सेयर बजार बुधबार फराकिलो अंकले बढ्दै छलाङ मारेको छ ।

बुधबार नेप्से ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा अडिएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ११.२५ अंकले बढेको छ । कारोबारमा आएका १३ उपसमुहमध्ये फाइनान्स उपसमुह सर्वाधिक बढेको छ। फाइनान्स उपसमुह ५.०३ प्रतिशतले बढेको हो ।

सेयर बजारमा करिब ६८ प्रतिशत हिस्सा बैंक तथा वित्तीय र बीमा उपसमुहले ओगटेको छ।  जसमा विकास बैंक उपसमुह २.११ प्रतिशतले, जीवन बीमा ३.०६, माइक्रोफाइनान्स ३.६४ र निर्जीवन बीमा ३.८५ प्रतिशतले  बढेको देखिन्छ ।

यस्तै होटल एण्ड ट्रेडिङ उपसमुह ३.४८ प्रतिशतले बढेको छ। हाइड्रोपावर ३.५६,  लगानी उपसमूह २.९० प्रतिशतले बढेको छ । उत्पादन र प्रसोधन उपसमूह पनि ३.१६ प्रतिशतले उकालो लागेको छ ।

बुधबार म्यूचुअल फन्ड १.१७ प्रतिशत, अन्य ३.८५ प्रतिशत र  ट्रेडिङ उपसमुह ३.४७ प्रतिशतले बढेको छ । त्यसैगरी करिब ४० प्रतिशत बजारको हिस्सा ओगटेको वाणिज्य बैंक उपसमुह मात्र बुधबार २.११ प्रतिशतले बढ्यो ।

केही साता अघि बजेट सार्वजनिक भएपछि घट्दो क्रमलाई निरन्तरता दिँदै आएको बजार, बुधबार एकैदिन अप्रत्यासित बढेको हो । बुधबार २०२०.१३ परिसूचकबाट कारोबार सुरु भएको हो ।

यस्तै आज कारोबारमा आएका २३१ कम्पनीको ५० लाख कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार बढीको कारोबार भएको छ । जसमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्तको सेयरमा खरिदकर्ता झुमिदा सेयर मूल्य १० प्रतिशत बढेको छ ।

यस्तै बलेफी हाइड्रोपावर, कालिका लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत भन्दा धेरै कमाएका छन् ।

आज कारोबारमा आएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य घटेको देखिन्छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ ।

यस्तै सर्वाधिक अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ । बुधबार कम्पनीको ५ करोड १२ लाख ४० हजार बढीको सेयर कारोबार भएको हो ।  मंगलबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकले ४५.५९ अंककको गिरावट भएको थियो । मंगलबार कारोबार बन्द हुँदा परिसूचक २०२०.२३ को विन्दुमा ओर्लिएको थियो । यस्तै मंगलबार नेप्से २०१६.७८ को मनोवैज्ञानिक बिन्दुमा पुगेको थियो  ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

  • निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution