काठमाडौं, २३ जेठ ।
देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ ।
देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |