Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

प्रत्यूष ४३३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २२, आईतबार (३ साल अघि)
बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

काठमाडौं, २२ जेठ ।

अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो ।

फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द सृजनन, सुभाष भुसालको संगीत तथा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । भिडियोमा आकाश र प्रमिला फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

अभिनेता तथा निर्देशक खनालले आफ्नो फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए । ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला, तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु । फिल्म मनोरञ्जनको माध्यम हो । तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ’, उनले भने ।

अभिनेता आकाशले सरोज खनालजस्तो कलाकारको निर्देशनमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाइ छ । नवअभिनेत्री कार्कीले मुर्धन्य कलाकारहरुसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । फिल्मका निर्माता सुरेश वाग्लेले कथावस्तुले मन छोएपछि लगानी गर्न तयार भएको बताए ।

फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । साउन्ड मिक्सिंग मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ ।

फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution