Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दुर्गन्धबाट मुक्त गरिदिन आग्रह

प्रत्यूष ४४३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २०, शुक्रबार (३ साल अघि)
दुर्गन्धबाट मुक्त गरिदिन आग्रह

काठमाडौँ,२० जेठ ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनस्थल सिसडोलका जनप्रतिनिधिले आफूहरुलाई दुर्गन्धबाट मुक्त गरिदिन आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल आज बिहान उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोल पुग्दा स्थानीयवासीले आफूहरु पनि मान्छे नै भएकाले फोहरका कारण पीडित बनाएर नराख्न आग्रह गरेका हुन् ।

आगामी दिनमा विगतमा जस्तै स्थानीयवासीको मागलाई बेवास्ता गरी अगाडि बढे थप समस्या सिर्जना हुने भन्दै ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईंले समयमै माग सम्बोधन गर्न कामपालई आग्रह गरे ।

मागअनुसार पीडितलाई स्वास्थ्य बीमा, शिक्षालगायतको व्यवस्था कामपाले गरे पनि जग्गा अधिग्रहणका लागि केन्द्र सरकारसँग सहकार्य गर्नु आवश्यक हुने पनि उनले सुझाव दिए । दीर्घकालीनरुपमा फोहर व्यवस्थापनको सवालमा राज्यले कहिल्यै पनि पहल नगरेको आरोप स्थानीयवासीले लगाएका थिए ।

स्थानीयवासीको समस्याका विषयमा प्रमुख साहले बिहीबार शहरी विकास मन्त्रालयसँग पनि छलफल भएको जानकारी दिँदै मन्त्रालय र कामपाको सहकार्यमा नै फोहरको दीर्घ समाधान गरिने विश्वास दिलाए ।

तत्कालका लागि सिसडोलमा थुपारिएको फोहरको दुर्गन्ध हटाउन केमिकल प्रयोग गरिने जानकारी दिँदै उनले आगामी दिनमा उपत्यकाको फोहर व्यवस्थापनकै लागि बल प्रयोग नहुने र सहकार्यमा नै काम गरिने प्रतिबद्धता जनाए । स्थानीयवासीको अवरोधका कारण विगत सात दिनदेखि काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्दा सडक छेउछाउमा थुपारिएको फोहरले दुर्गन्ध फैलिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

  • रौतहटको जयनगरमा फर्निचर मेला :  उपभोक्ता र व्यवसायी आकर्षित

    रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

  • महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

    महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

  • गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ११ गते आईतबार

    २०८२ माघ ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

    रौतहटको जयनगरमा फर्निचर मेला :  उपभोक्ता र व्यवसायी आकर्षित

    रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

    महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

    महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution