Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ६, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जडीबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग

प्रत्यूष ४०९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २०, शुक्रबार (३ साल अघि)
जडीबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग

काठमाडौँ,२० जेठ ।

कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष ०७९÷०८० को बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ ।

यसमा माथिल्लो कर्णालीका जडीबुटी कृषकले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैँमा न्यायिक नभएको प्रतिक्रिया दिएका छन् । जुम्लाका अगुवा कृषक रामकृष्ण बुढ्थापाले जडीबुटीको भण्डार मानिने जुम्लामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनको व्यवस्था गर्नुपर्ने बताए ।

“जुम्ला हिमाली र पहाडी दुवै क्षेत्रको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक केन्द्रबिन्दु हो”, उहाँले भन्नुभयो, “यति हुँदाहुँदै पनि जडीबुटी उत्पादन एवं सङ्कलन हुने क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गर्ने चेष्टा नराख्नु नेतृत्वको पूर्वाग्रह हो ।” यसबारे सरकारले बेलैमा मनन् गर्नुपर्नेमा उनको जोड छ ।

उच्च मूल्य र विविधतायुक्त जडीबुटीको क्षेत्र अपर कर्णालीमा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गर्न सकेमात्र यहाँका नागरिकको आर्थिक आयआर्जन र बेरोजगारी समस्या समाधानमा सहयोग पुग्ने बुढ्थापाको भनाइ छ । उहाँका अनुसार सरकारले सकेसम्म भूगोल, हावापानी र जैविक विविधताका आधारमा सुर्खेत, जुम्ला र हुम्लामा समेत जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनुपर्दछ ।

जडीबुटीको भण्डारका रुपमा परिचित जुम्लास्थित पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जडीबुटी उत्पादन तथा सङ्कलन हुने क्षेत्र एक तर प्रशोधन केन्द्र अर्को ठाउँ स्थापना गर्ने सरकारी प्रावधान उपयुक्त नभएको बताए । “अहिले पनि जडीबुटीबाट आउने राजस्व सङ्घीय सरकारले उठाइरहेको छ”, अध्यक्ष बोहोराले प्रश्न गर्नुभयो, “प्रशोधन केन्द्र स्थापना मात्र गरेर के हुन्छ ”

जुम्लामा प्रशोधन केन्द्र स्थापना गर्नुले जडीबुटी उत्पादन क्षेत्रका कृषक लाभान्वित हुने र यहाँको बेरोजगारी समस्यालाई समाधान गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार जुम्लाका केन्द्र स्थापनाको मागसहित ‘डेलिकेसन’ जाने तयारी भइरहेको छ । अर्का कृषक नरबहादुर रावतले सुर्खेत र आसपासका जिल्लाका लागि जडीबुटी प्रशोधन केन्द्र सञ्चालन गरिएपनि जुम्लाका लागि प्रशोधन केन्द्र अपरिहार्य भएको बताए।

सरकारले कर्णालीको चिनो, कागुनो, फापर, उवा, सिमी, मार्सी तथा उत्पादनको प्रशोधन र प्याकेजिङ गरी बजारी गर्न प्रदेश सरकारसँग सहकार्य गर्ने, कर्णाली र गण्डकी प्रदेशका हिमाली जिल्लालाई स्याउ उत्पादन र प्रशोधनको केन्द्र बनाउन कार्यक्रम सञ्चालन निर्णयलाई भने स्वागत गरिएको छ । त्यस्तै, यस प्रदेशमा १०० लाई रोजगारी दिने उद्योगलाई १५ वर्षसम्म आयकरमा छुट दिने सरकारी प्रावधान स्वागतयोग्य भएको सरोकारवालाले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जोमसोमका पानीघट्ट स्तरोन्नति

    जोमसोमका पानीघट्ट स्तरोन्नति

  • आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

  • भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जोमसोमका पानीघट्ट स्तरोन्नति

    जोमसोमका पानीघट्ट स्तरोन्नति

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution