Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १०, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक करोड बढीमा निर्मित भजन भवन प्रयोगविहीन

प्रत्यूष ३९६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (३ साल अघि)
एक करोड बढीमा निर्मित भजन भवन प्रयोगविहीन

भक्तपुर, १९ जेठ।

भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर राश भजन भवन प्रयाेगविहीन अवस्थामा छ ।

पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा निर्माण सम्पन्न भएको थियो । भजन घर पुनर्निर्माण सके पनि प्रयोगमा ल्याउन सामान्य काम नसकिंदा प्रयोगविहीन बनेको हो । भजन घर प्रयोगमा ल्याउन रंगरोगन, विद्युत, पानी आदिको व्यवस्था नहुँंदा भजन घर प्रयोगिविहीन बनेको हो ।

यी कामका लागि तीन लाख रुपैयाँंको लागत इष्टिमेट थियो । तर त्यो तीन लाख रुपैयाँं अहिलेसम्म सरोकारवाला निकायबाट प्राप्त भएको छैन । उक्र रकम अड्किंदा भजन घर निर्माण सम्पन्न भएको धेरै वर्ष भए पनि प्रयोगविहीन बनेको हो ।

भजन घरसँंगै घर भएका स्थानीय डा. इन्दुल केसी हाती छिर्यो, पुच्छर अड्क्यो जस्तो अवस्था अहिले भजन घरमा भइरहेको बताउँंछन् । पुरातत्व विभागले पुनर्निर्माणका लागि एक करोडभन्दा बढी पैसा दिएको तर सामान्य रंगरोगनलगायतका काम गर्न तीन लाख रुपैयाँं निकासा नहुँंदा भवन प्रयोग गर्न नमिलिरहेको उनले सुनाए ।

केसीका अनुसार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पुरातत्व विभागलाई रकम पठाउन पटकपटक ताकेता गरिरहेको छ । तर विभाग वा केन्द्र सरकारले चासो नदेखाउँंदा अहिलेसम्म पनि रकम निकासा हुन सकेको छैन । यही कारण भवन प्रयोगमा समस्या देखिएको हो ।

२०७२ को महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो भजन घर बस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुनर्निर्माण गर्न लगाएको थियो ।

१९९४ सालमा स्थापित यो भक्तपुरकै पुरानो भजन घर रहेको बताइन्छ । यो श्यासुन्दर रास भजन मण्डल र श्री बुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा रहेको छ ।

भजन घरको भुइँतल्लामा दुईवटा पसल कवल भाडामा दिइएको छ । भाडावालले भाडा नतिर्दा भजन घरसँंग बजेट नभएको हो ।
भजन घरको माथिल्लो तल्ला मात्रै सञ्चालनमा ल्याउन समस्या परेको छ ।

भजन घर भक्तपुर नगरको मुख्य बजारको बाटो नासमनामा रहेको छ । भजन घर चार तल्लाको छ । ढलान नगरी परम्परागत रूपमै भजन घर पुनर्निर्माण गरिएको छ । इँटा माटो जोडाइबाटै भजन घर बनाइएको हो । अगाडिको मोहडा पनि परम्परागत रूपमै छ । माथि छानामा काठ राखेर झिंगटी छाइएको छ ।

भनज घरभित्र श्यासुन्दर रारा रुक्मिनीको आकर्षक मूर्ति पनि स्थापित भइसकेको छ । भजन घर पुनर्निर्माणका लागि नक्सा पास र डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क रूपमा गरिदिएको थियो । पुरातत्व विभागले दिएकाे बजेटबाट भजन घरको पुनर्निर्माण सम्पन्न भएको हो ।

Avatar

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १० गते शनिबार

    २०८२ माघ १० गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution