Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

प्रत्यूष ४८७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १८, बुधबार (३ साल अघि)
एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

काठमाडौं, १८ जेठ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथी १० वटा दाबी बिरोध परेको छ ।

समितिले  मंगलबार साँझ ५ बजेसम्मका लागि दाबी विरोधको समय दिएको थियो । हाल अध्यक्षका प्रत्यासी रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ दुबै समूहले दाबी तथा विरोध गरेका छन् ।

अध्यक्ष उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले सिन्धुली जिल्ला फुटबल संघले एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजुको प्रतिनिधित्वमा निर्वाचन भएको हुँदा सम्पूर्ण कानुनी प्रक्रिया पूरा पालना गरिएकाले मताधिकार कायम गर्न उजुरी गरेको छ ।

यसैगरी सोही समूहले  महिला फुटबल समितिको २६ वैशाखकाे बैठकअनुसार पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरिएकोमा कीर्ते गरि विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रुपमा पठाएको हुँदा सो निर्णय खारेज गर्न उजुरी गरेको छ ।

यस्तै, स्याङ्जा जिल्ला फुटबल संघको मताधिकारमाथि पनि उजुरी परेको समितिले जनाएको छ । जसअनुसार जिल्ला फुटबल संघको १० वैशाख बसेको कार्यसमिति बैठकले निर्णय पठाएकोमा एन्फाले २१ गतेभन्दा अघिको बैठकको मान्यता नहुने भन्दै प्रतिपत्र पठाएको थियो । त्यहीअनुसार २१ गतेभन्दा अघि बसेको बैठक गैरकानुनी रहेको भन्दै त्यसबाट पठाइएको मताधिकार खारेजीको माग गर्दै समितिमा उजुरी परेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब फ्रेन्ड्सका अध्यक्ष दीपक थापाको मताधिकार तथा उम्मेदवारीमाथि पनि उजुरी परेको छ । थापा दोहोरो भूमिका रहँदै एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाले उनको उम्मेवारी स्वत खारेज हुने जिकिरका साथ समितिमा उजुरी परेको बताइएको छ ।

त्यस्तै कैलालीको स्टार सिटी क्लब र मनकामना क्लबले जिल्ला र केन्द्रको दुवै निर्वाचनमा मताधिकार पाएकाले त्यो स्वत विधानविपरीत हुने भन्दै दुवै क्लबको मताधिकार खारेज गर्न माग दाबी गर्दै उजुरी गरिएको छ ।

यसैगरी सिराहा जिल्ला फुटबल संघका महासचिव प्रविणकुमार यादव अहिले पनि एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएकोले उनले साधारण सभामा मताधिकार हुन नपाउने दाबीका साथ उजुरी परेको छ । यादवलाई वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा महासचिव इन्द्रमान तुलाधरले एन्फा केन्द्रीय सदस्य भन्दै आसन ग्रहण गराएको कुरालाई उजुरीकर्ताले उनी अझै केन्द्रिय सदस्य कायम रहेको प्रमाणका रुपमा पेश गरेको छ ।

सरस्वती क्लबका मताधिकारप्राप्त प्रतिनिधि उत्तम भण्डारीको प्रतिनिधित्वमाथि पनि उजुरी परेको छ । भण्डारी सामाजिक उत्तरदायित्वको संयोजक रहेकाले सो समिति एन्फाको स्थायी कमिटी भित्र पर्ने र स्थायी कमिटीका संयोजक, सदस्यहरुको कार्यकाल चार वर्ष हुने जिकिर गर्दै त्यस्ता व्यक्तिले साधारणसभामा मताधिकार लिन नपाउने व्यवस्थाअनुसार उनको मताधिकार खारेज गर्ने माग राखिएको छ ।

यता, हालका अध्यक्ष कर्माछिरिङ शेर्पा समूहले ‘बी’ डिभिजन लिगको क्लब बाँसबारीले केन्द्रिय निर्वाचनका लागि मताधिकार दिँदा तयार पारेको निर्णय वैध नभएकाले खारेज गर्न माग राख्दै उजुरी दिएको छ ।

यसैगरी कर्मा समूहले सुर्खेत जिल्ला फुटबल संघले केन्द्रीय निर्वाचनका लागि मताधिकार र प्रतिनिधि चयन गर्दा किर्ते गरेको भन्दै निर्णय खारेजीको मागसहित उजुरी दिएको छ । समितिले  आज बुधबारै साँझसम्ममा उजुरीमाथि निर्णय भइसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution