Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ब्ल्याक बक्सबारे केही रोचक तथ्य

प्रत्यूष ८२९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (३ साल अघि)
ब्ल्याक बक्सबारे केही रोचक तथ्य

काठमाडौं, १७ जेठ। 

ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर, वास्तवमा ब्ल्याक बक्स भनेको के हो ? नामअनुसार यो किन कालो हुँदैन् ? प्रस्तुत छ ब्ल्याक बक्सबारे केही रोचक तथ्यः

१. आधिकारिक रूपमा यो ब्ल्याक बक्स होइन
हामीले ‘ब्ल्याक बक्स’ भनेर चिनेको सामग्रीको वास्तविक नाम फ्लाइट डाटा रेकर्डर  (एफडीए) हो । यसले वास्तवमै तथ्यांकको रेकर्ड राख्छ । दुर्घटनापछि अनुसन्धानलाई सहज बनाउन, इन्जिनको आवाज, तापक्रम, इन्धनको प्रवाह, विमानको गति, उचाइ र झर्ने दरलगायतका उडानसँग सम्बन्धित तथ्यांकको यसले रेकर्ड राख्छ । यसलाई ब्ल्याक बक्सभन्दा रेकर्डर भन्नु बढी उपर्युक्त हुन्छ । पहिला यो एउटा बक्सको आकारमा हुने भए पनि अहिले यसको आकार हल्का सिलिन्डर जस्तो हुन्छ ।

२.सामान्यतया दुई ओटा बक्स हुन्छन्
फ्लाइट डाटा रेकर्डरको नजिकै ककपिट भोइस रेकर्डर (सीभीआर) हुन्छ । ककपिट भोइस रेकर्डर एउटा उडान रेकर्डर हो, जुन ककपिटको अडियो वातावरण रेकर्ड गर्न प्रयोग गरिन्छ । उदाहरणको लागि विमान दुर्घटनापछिको अनुसन्धानमा एयर ट्राफिक कन्ट्रोलसँग भएका सञ्चारलाई आधार मानिन्छ । कहिलेकाही एफडीआर र सीभीआरलाई  जोडेर एउटा बक्स बनाइन्छ । सीभीआरले ककपिटको दुई घन्टासम्मको आवाज रेकर्ड गर्छ ।

३. वास्तवमा यो कालो नभएर सुन्तला रंगको हुन्छ
ब्ल्याक बक्स आगो प्रतिरोधी सामग्रीबाट बनेको हुन्छ जुन उज्यालो सुन्तला रंगको हुन्छ । यसलाई ओरेन्ज बक्स नभनी किन ब्ल्याक बक्स भनियो भन्ने बारेमा केही प्रष्ट छैन् । दुर्घटनापछि यो प्रायः कालो हुन्छ । यो हल्का गुलाफी र रातो रंगको पनि हुन्छ । अस्ट्रेलियाका वैज्ञानिक डेभिड वारेनले सन् १९५७ मा ब्ल्याक बक्सको आविश्कार गरेका थिए ।

४. यसलाई ककपिटमा राखिदैन् 
तथ्यांक र आवाज ककपिटबाटै रेकर्ड गरिने भए पनि ब्ल्याक बक्सलाई ककपिटभित्र भने राखिदैन । सामान्यतया तिनीहरू विमानको अगाडि वा पछाडि हुन्छ, जहाँ विमानको संरचनाले तिनीहरूलाई दुर्घटनाको अवस्थामा सबैभन्दा राम्रो सुरक्षा गर्दछ । ब्ल्याक बक्स टाइटेनियम धातुबाट बनेको हुन्छ  । यसले बिना बिजुली ३० दिनसम्म काम गर्न सक्छ । यसले ११००० डिग्री सेल्सियसको तापक्रम सहन सक्छ । पानीभित्र डुब्दा पनि यसमा खासै असर हुँदैन् । ब्ल्याक बक्समा रेकर्ड भएको आवाजलाई अनुसन्धानकर्ताहरूले टाढाबाट पनि पहिचान गर्न सक्छन् । ब्ल्याक बक्सले विमान दुर्घटनाको स्पष्ट तस्विर प्रतिबिम्बित गर्दैन तर विमान दुर्घटनाको अनुसन्धानमा यसले महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

  • प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution