Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चट्याङ्बाट बच्न यी उपाय अपनाउनुस्

प्रत्यूष ५८९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (३ साल अघि)
चट्याङ्बाट बच्न यी उपाय अपनाउनुस्

धादिङ,१७ जेठ ।
चट्याङ्बाट बच्न घरभित्र बस्नु सबैभन्दा सुरक्षित उपाय हो ।

तर, घरभित्र बस्दा पनि चट्याङ्बाट सुरक्षित रहन सावधानी भने अपनाउनु पर्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पानी परेको, गड्याङ्गुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला तारवाला टेलिफोन प्रयोग गर्न नहुने बताएको छ । विद्युतीय सामग्री चार्ज गर्न राखेको छ भने प्लगबाट छुटाइदिनुपर्छ ।

“मोबाइल, टेलिभिजन, वासिङमेसिन, कम्प्युटर, आइरन, फ्रिजजस्ता विद्युतीय सामग्री प्लगबाट छुटाउनुपर्छ,” प्राधिकरणले भनेको छ, “भाडा माझ्ने, नुहाउने काम गर्नु हुँदैन । पर्खाल तथा झ्यालको छेउमा बस्नु हुँदैन, झ्याल, बरण्डा, सिँडीका ग्रिल छुन हुँदैन ।”

फलाम, तामा तथा पित्तलबाट विद्युतीय करेन्ट प्रवाह हुने भएकाले पानी परेको, गड्याङगुडुङ गरेको तथा चट्याङ् परिरहेको बेला यस्ता सामग्री छुन हुँदैन ।

चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै यसबाट जोखिन सकिने प्राधिकरणले जनाएको छ । यसबाट घरहरुलाई धातुका सामग्री प्रयोगगरी चट्याङबाट सुरक्षित गर्न सकिने प्राधिकरणको भनाइ छ ।

“तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातुका रड तथा पाता जोडेर जमिनसम्म पुर्याएर तामाको रडसँग जोडेर अर्थिङ गरेको खण्डमा धेरैहदसम्म हाम्रा घरहरु चट्याङबाट जोगिन सक्छन्,” प्राधिकरणले भनेको छ ।

चट्याङबाट बच्न गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथाव सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । विपद्बाट जोगिन चनाखो हुन र यसबारे चासो राख्न पनि प्राधिकरणको आग्रह छ ।–बाह्रखरी

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

  • उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

  • सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

  • स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १८ गते आईतबार

    २०८२ माघ १८ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एकमहिने माधवनारायण मेला  सम्पन्न

    एकमहिने माधवनारायण मेला सम्पन्न

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    उम्मेदवारलाई मतदाताको सुझावः वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

    सुनचाँदीको भाउ घट्यो

    सुनचाँदीको भाउ घट्यो

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution