Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा पहिलोपटक सहकारी सम्मेलन,सहकारीलाई नीति, बिधि र उच्च तहको प्रबिधि अवलम्वन गर्ने प्रतिबद्धता

प्रत्यूष ६०९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (३ साल अघि)
धादिङमा पहिलोपटक सहकारी सम्मेलन,सहकारीलाई नीति, बिधि र उच्च तहको प्रबिधि अवलम्वन गर्ने प्रतिबद्धता

धादिङ,१५ जेठ ।
धादिङबेशीमा जिल्ला स्तरीय सहकारी सम्मेलन सम्पन्न भएको छ । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा आईतबार जिल्लामै पहिलोपटक जिल्ला स्तरीय सहकारी सम्मेलन सम्पन्न भएको हो ।

देश विकासको लागि सहकारीको यात्रा आर्थिक, सामाजिक विकास र गुणात्मक सुधारमा केन्द्रित हुनुपर्ने भन्दै आयोजना गरिएको सम्मेलनमा नगरपालिका संघका महासचिव तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुगांनाको प्रमुख आतिथ्यता रहेको थियो।

जिल्लामा क्रियाशिल सहकारी संस्थाहरुको बिचमा सहकारी संचालनको आधारभुत साझा धारणा बिकास गर्न, सहकारीका अवसरहरुको पहिचान गर्न सहयोग गर्ने र सम्भावित चुनौतीहरुको सामना गर्ने शक्ति विकास गर्न, प्रचलित कानुनको समिक्षा गरी सहकारी मैत्रि कानुन निर्माण,कार्यान्वयन र सहकारीलाई मर्यादित र प्रविधि मैत्रि बनाउन सहयोग पु¥याउने उद्धेश्यले सहकारी सम्मेलनको आयोजना गरिएको धादिङ बचत तथा ऋण सहकारी संघले जनाएको छ ।

कार्यक्रममा दिगो बिकास लक्ष्य प्राप्तीमा सहकारीको योगदान, भुमिका र जिम्मेवारीको बिषयमा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठकले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालय बागमती प्रदेशका सचिव बलराम निरौलाले सहकारी संचालनका नितिगत सवालहरु र नियामक निकायको भुमिका बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

बर्तमान अवस्थामा सहकारी संस्था संचालनका अवसर र चुनौतीहरुको बिषयमा राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा नव निर्वाचित स्थानिय सरकारका प्रमुख उप प्रमुख तथा जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो ।

जिल्लाका सबै प्रकृतिका सहकारीमा आवद्ध अध्यक्ष र व्यवस्थापकहरु सहभागि भएको सम्मेलनमा सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा, सहकारी क्षेत्रका अवसर र चुनौती, सहकारीका अन्तराष्ट्रिय अभ्यास र नेपालमा त्यसको सम्भावना, सहकारी सम्बन्धी ऐन, कानुन र त्यसमा सुधार गर्नुपर्ने बुँदाहरु जस्ता महत्वपूर्ण विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

जिल्लाको दुईसय भन्दा बढी सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सहभागीता रहेको उक्त सम्मेलनले जिल्ला सहकारी अभियानको साझा साधारणा तय गरेको धादिङ बचत तथा ऋण सहकारी संघले जनाएको छ । सम्मेलनले बिभिन्न १२ बुँदे घोषणापत्र जारी गरेको छ ।

जसअन्तरगत सहकारी क्षेत्रलाई नीति, बिधि र उच्च तहको प्रबिधि अवलम्वन गर्ने, संघ, सहकारी संस्था र स्थानिय सरकारबिच अन्तरसम्बन्ध विकास गरी समुन्नत समाज निर्माणमा सहयोग, संस्थामा विकास बित्तिय व्यवस्थापन एवम सुशासनलाई प्रभावकारी कार्यान्वयन गराउने लगाएतका बिभिन्न १२ बुँदे घोषणा उल्लेख गरिएको छ । हाल धादिङ जिल्ला बचत संघमा ६८ वटा सहकारी आवद्ध रहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

  • ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

  • भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

  • धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    ‘जेनजी’को चाहना पुरा गर्न प्रहरीले सहयोग गर्छः प्रहरी अतिरिक्त महानिरीक्षक कार्की

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution