Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विदेशमा नेपाली सिनेमाका गतिविधि बढ्दै, बेलायतमा फिल्म फेस्टिभल हुने

प्रत्यूष १३२९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (४ साल अघि)
विदेशमा नेपाली सिनेमाका गतिविधि बढ्दै, बेलायतमा फिल्म फेस्टिभल हुने

काठमाडौं, १५ जेठ। 

कोरोना महामारीका कारण विदेशी भूमिमा हुन नसकेको नेपाली फिल्मसम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ ।

थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पु¥याउँछ नै, नेपाली कला, संस्कृतिलाई समेत प्रवद्र्धन गर्छ,’ केसीले भने, ‘हामीले कोरोना महामारीपश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ ।’

उनले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ–नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेको बताए । ‘हामीकहाँ के कस्ता फिल्महरु बनिरहेका छन् । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केही फिल्म मात्र देखाउने छौँ,’ उनले भने ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस  सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ ।

आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको जनाएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका, तर हलमा मात्र रिलिज भएका फिल्ममध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए ।

कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए । ‘हामीले नेपाली फिल्मको बजारलाई अगाडि बढाउन यस्ता गतिविधिले मद्दत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनुपर्छ,’ शाहले भने । उनले मनोज केसीले नेपाली अवार्डलाई पहिलोपटक विदेशी भूमिमा पुर्‍याएको स्मरणसमेत गरे ।

अभिनेत्री करिश्मा मानन्धरले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडि बढ्ने प्रेरणा मिल्ने बताइन् । अभिनेता सरोज खनालले आफूले नेपाली फिल्म प्रवद्र्धनका लागि गरिने कार्यक्रममा सहभागी हुनुका साथै सहयोग गर्ने पनि बताए ।

अभिनेत्री निरुता सिंहले आफू नेपाली फिल्मको प्रवद्र्धनका निम्ति सदैव साथमै रहेको बताइन् । मुम्बईबाट नेपाल आइपुगेकी निरुताले अब नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरु जुट्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

  • Post Thumbnail

    जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

  • Post Thumbnail

    रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

  • Post Thumbnail

    स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेँसीसहर–चामे सडक सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

    Post Thumbnail

    जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

    भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

    भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

    Post Thumbnail

    रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution