Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गणतन्त्र स्थापनाको १५ वर्ष – शान्ति प्रक्रियाका बाँकी कार्यभार ज्युँका त्युँ

प्रत्यूष ६०७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (३ साल अघि)
गणतन्त्र स्थापनाको १५ वर्ष – शान्ति प्रक्रियाका बाँकी कार्यभार ज्युँका त्युँ

काठमाडौं, १५ जेठ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र कार्यान्वयनका लागि संविधानसभामा निर्णायर्थ प्रस्तुत प्रस्तावको पक्षका मत दिएपछि गणतन्त्र स्थापना भएको हो ।

चार जना सभासद भने गणतन्त्र कार्यान्वयन प्रस्तावको विपक्षमा उभिएका थिए । यद्यपि, बहुमतले प्रस्ताव पारित भयो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट संविधानसभामा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव निर्णायर्थ प्रस्तुत गरेका थिए ।

ज्येष्ठ सदस्यको हैसियतले संविधानसभा अध्यक्ष कुलबहादुर गुरुङ थिए । गुरुङको अध्यक्षतामा बसेको संविधानसभाको पहिलो बैठकले नै राजतन्त्रको अन्त्यको विकल्प खोज्दै गणतन्त्रको प्रस्ताव पारित गर्दै २४० वर्षे निरङ्कुश भनिएको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य ग¥यो ।

सोही अवसरमा सरकारले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा आज सरकारले सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस विशेष कार्यक्रम गर्दैछ ।

दिवसलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा संवैधानिक निकायका प्रमुख, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष र चारवटै सुरक्षा अंगका प्रमुखहरू सहभागी हुनेछन्।

गणतन्त्रकै कारण जनताका छोराछोरी राष्ट्र प्रमुख भएका छन् । मधेसमा हुर्किएका डा. रामवरण यादव पहिलो राष्ट्रपति बन्दा प्रदेश १ को पहाडी जिल्ला भोजपुरमा जन्मेकी विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति छिन् ।

पहिलो गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए । गणतन्त्र स्थापनापछि हालसम्म उनीसहित आठ जना प्रधानमन्त्री भइसकेका छन् ।

तर, पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएको छैन । बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन हुन सकिरहेको छैन । उनीहरूको अवस्था के हो ? सत्य निरुपण सरकारको तहबाट भएको छैन् ।

द्वन्द्वपीडितका मागहरू सम्बोधन भइसकेका छैनन् । सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग त स्थापना गरेको छ तर आयोगले प्राप्त कार्यजिम्मेवारी पूरा गर्न सकेका छैनन् ।

जसले गर्दा गणतन्त्र स्थापना भएको १५ वर्ष हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा नभएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution