Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ५, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

प्रत्यूष ६०७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १३, शुक्रबार (३ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, १३ जेठ   । 

बर्दिया, दाङ, पर्सा र नवलपरासी (पूर्व)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–११ डल्लापुरमा बा.१ ञ १९०३ नम्बरको गाडीको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–११ बस्ने संजय यादवको छोरा लवकुश यादव रहेका छन् । उनको बिहीबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१० गुर्जेस्थित सडकमा रा.१ क ४७३ नम्बरको मिनी ट्रकले रा.५ प १५३ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय भाग कुमार पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलास्थित सडकमा ना.६ त १७५९ नम्बरको ट्रयाक्टर बिहीबार दिउँसो दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय सफराज देवान रहेका छन् ।

नवलपरासी बर्दघाट सुस्ता पुर्व हुप्सेकोट गाउँपालिका–६ जवडाँडामा गएराती जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय महेन्द्र ढेंगा मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । पैदल हिडिरहेका मगरलाई गएराती साढे १२ बजे लु १ ज २२७२ नम्बरको जिपले ठक्कर दिएको प्रहरी चौकी हुप्सेकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

  • वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

  • भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

  • माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ २ गते शुक्रबार

    २०८२ माघ २ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    आपसी सम्मान, सहिष्णुता र विश्वासले दिगो स्थिरतातर्फ लैजाने प्रधानमन्त्रीको विश्वास

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution