Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रवासी नेपालीलाई मतदानको अधिकार : छिट्टै कार्यान्वयन हुने एनआरएनएको विश्वास

प्रत्यूष ९९९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
प्रवासी नेपालीलाई मतदानको अधिकार : छिट्टै कार्यान्वयन हुने एनआरएनएको विश्वास

काठमाडौं, ११ जेठ।

सरकारले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले त्यसको स्वागत गरेको छ। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने सरकारी निणर्यको संघका अध्यक्ष डा.बद्री केसीले स्वागत गरेका हुन्।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रणालीमा सूचना प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने बताएकी थिइन्। राष्ट्रपति भण्डारीले  निर्वाचन सम्बन्धी एकीकृत कानूनलाई परिमार्जन गर्दै आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत सहभागी गराउने बताएकी हुन्।

सर्वोच्च अदालतले ७ चैत २०७४ निर्देशात्मक आदेश जारी गर्दै विदेशमा रहेका नेपालीहरुको मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई भनेको थियो।

नेपाली नागरिकता नत्यागेको र अन्य मुलुकको नागरिकता नलिएका नेपालीलाई मतदानको व्यवस्था गर्न सर्वोच्चले आदेश दिएको थियो। तर, चार वर्ष वितिसक्दा पनि सरकारले यसप्रति चासो नदिदा गत ३० वैशाखको स्थानीय निर्वाचनमा प्रवासी नेपाली मतदानबाट बञ्चित भए।

नीति तथा कार्यक्रमको १४२ नम्बर बुँदामा भनिएको छ ‘नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाइने नीति लिइनेछ। कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गरिनेछ। विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराइनेछ । गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गरिने।’

नीति तथा कार्यक्रमको अन्त्यमा भनिएको छ– ‘नेपालको विकासमा सहयोग पुर्‌याउने छिमेकीलगायत सबै मित्रराष्ट्रहरु, विकास साझेदारहरु र गैरआवासीय नेपाली समुदायलाई पनि धन्यवाद दिन चाहन्छु।’

यस्तै सरकारले यही बर्षे अधिवेशनमा नागरिकता सम्बन्धी विधेयक पारित गरेर एनआरएनए नागरिकताको समेत सुश्चित गर्ने नीति अख्तियार गरेको छ। नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले भनेकी छिन्- ‘संसद्मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्‌याउन पहल गरिनेछ।’

सरकारको यो नीतिलाई स्वागत गर्दै एनआरएनएका अध्यक्ष डा. केसीले प्रवासी नेपालीका तर्फबाट सरकारलाई आभार व्यक्त गरेका छन्। साथै उनले नीति तथा कार्यक्रममा घोषणा भएअनुरूपका कार्यक्रमहरू यथाशीघ्र कार्यान्वयनका लागि सरकार तथा राजनीतिक दलहरूलाई पनि आग्रह गरेका छन्।

त्यस्तै उनले प्रवासी नेपालीलाई मतदानमा सहभागी गराउनका लागि आवश्यक प्राविधिक क्षेत्रमा एनआरएनएले सक्दो सहयोग गर्ने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

  • समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

  • धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

  • धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    धादिङमा १०८ मतदान स्थल र २८९ मतदान केन्द्र अति संवेदनशील

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिए

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा चुनावी सहमति : पाँच दलद्वारा शान्तिपूर्ण निर्वाचनको संयुक्त प्रतिबद्धता

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    धादिङमा निर्वाचन आचारसंहिता सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution