Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १०, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दश महिनामा वैदेशिक रोजगारीमा जान लिए ५ लाखभन्दा बढीले श्रम स्वीकृति

प्रत्यूष ७९३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
दश महिनामा वैदेशिक रोजगारीमा जान लिए ५ लाखभन्दा बढीले श्रम स्वीकृति

काठमाडौं, ११ जेठ । 

चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगारमा जान ५ लाख ५ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् ।

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उनीहरुले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार गएको वैशाख महिनामा मात्र ४५ हजार ४ जनाले वैदेशिक रोजगारमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३ र २०७९ वैशाखमा ४५ हजार ४ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्ला दश महिनामा प्रत्येक महिना औषतमा ५० हजार ५४९ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । यही शैलीमा जेठ र असार महिनामा पनि श्रम स्वीकृति लिनेको संख्या बढे चालु आर्थिक वर्षमा ६ लाखभन्दा बढीले श्रम स्वीकृति लिनेछन् ।

कोरोना महामारी कारण पछिल्लो दुई वर्ष वैदेशिक रोजगारमा जानेको संख्या घटेको थियो, जसले गर्दा नेपाल भित्रने रेमिट्यान्समा समेत असर गरेको थियो ।  गत वर्षबाट कोरोनाको खोप प्रयोगमा आएपछि वैदेशिक रोजगारमा जानेको संख्या पुन बढ्न थालेको हो ।

सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी विश्वमा फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमसः घट्दै गएको थियो । कोरोना महामारी सुरु भएको वर्ष २०७६÷७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो । कोरोना महामारीले थलिएको वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १० गते शनिबार

    २०८२ माघ १० गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution