Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा निर्वाचन : नेम्बाङ समूहको उम्मेदवारी दर्ता,उपाध्यक्षमा धादिङका खतिवडाको उम्मेदवारी

प्रत्यूष ७१८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
एन्फा निर्वाचन : नेम्बाङ समूहको उम्मेदवारी दर्ता,उपाध्यक्षमा धादिङका खतिवडाको उम्मेदवारी

काठमाडौं, ११ जेठ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को ६ असारमा हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले उम्मेदवारी दर्ता गराएको छ ।

वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष पदमा शुक्रबार नै उम्मेदवारी गर्दा गराइसके पनि उनको प्यानलका अन्यले आज (बुधबार) निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममै वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्कालाई उठाउने घोषणा गरिएको थियो । त्यहीअनुसार खड्काले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए ।

यसैगरी चार उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट एनआरटी क्लबका सुन्दरनरसिंह जोशी, काठमाडौं जिल्ला फुटबल संघका विराटजंग शाही, प्लानिङ ब्वाइज युथ क्लबका दावा लामा र धादिङ जिल्ला फुटबल संघका दीपक खतिवडाले उम्मेदवारी दर्ता गराए ।

१३ खुल्ला सदस्य पदका लागि ललितपुर जिल्ला फुटबल संघका पुरुषोत्तम थापा, भोजपुर जिल्ला फुटबल संघका प्रविण सुवाल, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत, काभ्रेका विकासनारायण श्रेष्ठ, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री र मनाङ मर्स्याङदी क्लबका विजय घलेले आजै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

नेम्वाङ प्यानलबाट यसअघि नै बाँके जिल्ला फुटबल संघका भोजराज शाही, सुर्खेत जिल्ला फुटबल संघका रविन्द्र चन्द र कैलाली जिल्ला फुटबल संघका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका थिए ।

आगामी चार वर्षे कार्यकालका लागि ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् । यसैगरी फ्रेन्ड्स क्लबका राजीव पौड्यालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

  • रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

  • स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

  • गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १३ गते मंगलबार

    २०८२ माघ १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    सर्वोच्च अदालत : ‘संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन’

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

    गण्डकीका ३५ सहकारी खारेज

    गण्डकीका ३५ सहकारी खारेज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution