Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पर्वतीय पदयात्रीको उपचारमा ‘हिमालयन उद्धार सङ्घ’

प्रत्यूष ७३२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (३ साल अघि)
पर्वतीय पदयात्रीको उपचारमा ‘हिमालयन उद्धार सङ्घ’

काठमाडौँ,११ जेठ ।

हिमालयन उद्धार सङ्घ नेपालले नेपाली पर्वतीय पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ ।वसन्त तथा शरद ऋतुमा हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको सङ्घले बर्सेनि तीन हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर (५,३५० मिटर), सोलुखुम्बुको फेरिचे (४,२५० मीटर), मनाङको मनाङ गाउँ (३,५५० मिटर) र रसुवाको गोसाइँकुण्ड (४,३८० मिटर)मा स्वास्थ्यचौकी निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । गोसाइँकुण्डमा भने जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्षित गरेर हरेक वर्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष हरि धरेलले समग्र पर्वतीय पर्यटनको विकास र विस्तार गर्दै सरकारसँगको सहकार्यमा राज्यको पहुँच नपुगेको हिमाली क्षेत्रमा पुगेरसङ्घले स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको जानकारी दिए।

“हामीले वार्षिक शरद र वसन्त ऋतुमा गरेर तीन हजारभन्दा बढी स्वदेशी, विदेशी पर्वतीय पदयात्री तथा आधारशिविरमा बसोबास गर्दै आएका स्थानीयवासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ”, उनले भने। स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको सङ्घले विदेशी पदयात्रीलाई भने थोरै शुल्क लिँदै आएको छ ।

सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ । उनीहरुले ‘माउण्टेन मेडिसिन’ मा दक्षता हासिल गरेका हुन्छन् । हिमाल आरोहण गर्न जाने पदयात्रीको उपचारका लागि विदेशी चिकित्सकसमेत आउने गरेका छन् ।

सङ्घले सन् २०१८ मा तीन हजार १३, सन् २०१९ मा तीन हजार २८९, सन् २०२० मा ११५ र सन् २०२१ मा ९३६ पर्वतीय पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गरेको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिए । सन् २०२० र २१ मा भने कोरोनाका कारण पर्वतीय पदयात्री घटेका छन् ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधारशिविरमा स्वास्थ्य शिविर स्थापना गरी प्रत्येक वर्ष वसन्त ऋतुमा स्वास्थ्य शिविर सञ्चालन गरी सगरमाथा आरोही, सपोर्ट स्टाफ एवं त्यहाँ जाने अन्य व्यक्तिलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । यस्तै, फेरिचेमा सन् १७७३, मनाङगाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अध्यक्ष धरेलले बताए ।

सङ्घले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी रुपमा सूचना सम्प्रेषण गर्ने उद्देश्यले होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्नेलगायतका काम गर्दै आएको छ ।

यसैगरी, सरोकारवालासँग सहकार्यमा पर्यटक गाईड एवं पर्यटक सहयोगीलाई तालिम दिनेजस्ता कार्य पनि सञ्चालन गर्दै आएको छ । सङ्घले नेपाली सेनासँगको सहकार्यमा सफा हिमाल अभियानसमेत सञ्चालन गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

  • पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

  • आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

  • कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    आलेखः हिउँले ढाकिएको छाङ्रूमा पहरा गर्दै सशस्त्र

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution