Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

वडा अध्यक्ष आचार्यको पहिलो निर्णय, अपाङ्गता भत्ता दिन सिफारिस

प्रत्यूष ८५४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
वडा अध्यक्ष आचार्यको पहिलो निर्णय, अपाङ्गता भत्ता दिन सिफारिस

धुनिबेशी,१० जेठ ।

धुनिबेशी नगरपालिका वडा न ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले पदभार ग्रहण पश्चात पहिलो निर्णय अपाङ्गता भत्ता दिन सिफारिस गरेका छन् ।

उनले दमाई तामाङको छोरा सुनिल तामाङको पुर्ण अपाङ्गता भत्ताको लागि सिफारिस प्रदान गरि पहिलो निर्णय सार्वजनिक गरेका हुन् । वडाअध्यक्ष आचार्यले कार्यकक्षमा सहिद बैकुण्ठनाथ रेग्मी रोशनको तस्वीर राखी सहिदहरुप्रति सम्मान गरेका छन् ।

पत्रकारिता पेशाबाट राजनीतिमा लागेका अत्यन्तै सरल, मिलनसार तथा लगनशिल वडा अध्यक्ष आचार्यले ६ नम्बर वडाका दुई सरकारी विद्यालयमा चालु शैक्षिकसत्रबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने बताएका छन्।

साथै स्वास्थ्य शिक्षाको स्तरउन्नति गर्न महत्त्वपूर्ण निर्णयका साथ अन्य सरोकारवाला निकायहरुसंग थप परामर्श गरी आफ्नो कार्यकालमा आम नागरिकलाई छिटो छरितो र पारदर्शिपुर्वक सेवा दिने तर्फ आफ्नो ध्यान सदैव रहने वडा अध्यक्ष आचार्यले बताएका छन् ।

उनले पांच बर्षे कार्यकालमा कालिदेवी आधारभुत विद्यालयलाई स्तरोन्नती गरि १० कक्षासम्म पठनपाठन सञ्चालन गरी प्राबिधिक विद्यालय सञ्चालनमा जोड दिने, एक घर एक खानेपानी धारा पुर्ण रुपमा लागू गरि सक्ने, बृद्धा, अपाङ र अशक्तहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण तत्काल सुरु गर्ने र आधारभूत औषधिहरु प्रभावकारी रुपमा स्वास्थ्य संस्थासंग समन्व्य गरि वितरण गर्ने, वडामा रहेको नौबिसे–कालिदेविस्थान र धार्के– बानियाटार सडकको स्तरोन्नती गर्ने, कालिदेबीथानमा होमस्टे सञ्चालन गराई धार्मिक तथा कृषि पर्यटन क्षेत्रको विकास गरी स्वरोजगारी बनाउनुका साथै स्थानीय उत्पादनको बजार प्रवद्धन गर्ने,धार्के चालिसेमा रहेको तरकारी संकलन केन्द्र सञ्चालको लागि सम्बन्धीत निकायसंग समन्वय गरि आवश्यक पहल कदमी गर्ने,वडा भित्रको बजारलाई व्यवस्थित, सफा र सुन्दर बनाउनुका साथै आवश्यक स्थानहरुमा सिसी क्यामेरा तथा सडक बत्तिको व्यवस्थापन गर्ने,महिला तथा किशोरीका लागि आत्मरक्षा सम्बन्धी तालिमहरु सञ्चालन गर्ने,स्थानीय उत्पादनहरुको बजारीकरण गरी आयातलाई प्रतिस्थापन गर्दै खाली रहेका जग्गाहरुलाई उचितरुपमा प्रयोगमा ल्याउने ।शहरीकरण तथा अव्यवस्थित बजारीकरणलाई स्थानीय नागरिकको आवश्यकता र औचित्यका आधारमा थप व्यवस्थित गर्दै लैजाने विषयमा मुख्य ध्यान दिने योजना रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
धुनिबेशी नगरपालिका सम्बन्धि थप
  • धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

  • निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

  • भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा आज अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    भुईँस्तरको राजनीति बाट संसदतर्फः रामबहादुर भण्डारीको यात्रा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution