Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण १६, शुक्रबार १७ : ३९ : ३०
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चट्ट्याङका कारण हरेक वर्ष २५ सयले गुमाउँछन् ज्यान

प्रत्यूष ६११ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
चट्ट्याङका कारण हरेक वर्ष २५ सयले गुमाउँछन् ज्यान

एजेन्सी
नयाँ दिल्ली, १० जेठ।

गत मार्चमा राजधानी नयाँ दिल्ली नजिकै रहेको गुरागाउँको एउटा भवनमा काम गर्ने मानिसहरू पानी पर्न थालेपछि रुखमुनि ओत बस्न थाले । केही मिनेटमै चट्ट्याङ प¥यो ।

चट्ट्याङपछि चारै जना मानिसहरु भुइमा ढले । एकजनाको घटनास्थलमै मृत्यु भयो भने बाँचेका अन्य व्यक्ति जलेर घाइते भए । ‘मलाई के भयो र कसरी भयो भन्ने सम्झिन्न । केही सेकेन्डमै सबै सखाप भयो’, बाँचेकामध्ये एक जनाले भने ।

उनका साथी चट्ट्याङबाट हरेक वर्ष ज्यान गुमाउने २५ सय भारतीयमध्ये एक हुन् । सरकारी तथ्यांकअनुसार चट्ट्याङका कारण भारतमा सन् १९६७ देखि २०१९ को अवधिमा एक लाखभन्दा बढीको मृत्यु भएको छ । यो अवधिमा प्राकृतिक प्रकोपका कारण मृत्यु हुने भन्दा बढी हो ।

एउटा चट्ट्याङको झिल्कामा ३० करोड भोल्ट र ३० हजार एम्पायर उर्जा हुन्छ, जसका कारण जोकोही पनि सजिलै मर्न सक्छ । यसले वरपरको हावा नै तातो बनाइदिन्छ । चट्ट्याङमा परेका व्यक्तिहरुमा कमजारी, धमिलोपन, स्मरणशक्ति गुमाउने लगाएका समस्या देखिने गरेका छन् ।

भारतलको जलवायु कार्यलयले तीन वर्षअघि चट्ट्याङबारे भविष्यबाणी गर्न थालेको थियो । मोबाइल एप्सले अहिले विजुलीको चम्काइलाई ट्र्याक गर्छ । मानिसहरुलाई रेडियो, टेलिभिजन र फोनलगायतबाट अलर्ट गरिन्छ ।

लाइटनिङ इन्डिया रिसाइलेन्ट क्याम्पियनले चट्ट्याङको जोखिम भएको गाउँमा चट्ट्याङबारे सचेत गराएको छ । तर, चट्ट्याङको तीव्रता पनि बढेको छ । दिल्लीस्थित सेन्टर फर साइन्स एन्ड इनभाइरनोमेन्ट र जलवायु म्यागेजिन डाउन टु अर्थका अनुसार सन् २०२० को अप्रिलदेखि सन् २०२१ को मार्चसम्म भारतमा १ करोड ८० लाख चट्ट्याङ परेका छन् ।

यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले बढी हो । सन् १९९५ देखि सन् २०१४ को अवधिमा चट्ट्याङ तीव्र बढेको इन्डियन इन्स्टिच्युट अफ ट्रोपिकल मेट्रोलोजीको तथ्यांकले देखाएको छ ।

आधाभन्दा बढी राज्यमा बारम्बार चट्ट्याङ परे पनि चट्ट्याङबाट भएका मृत्युमध्ये ७० प्रतिशत मृत्यु उडिसा, झारखन्ड र पश्चिम वंगालमा हुने गरेको छ । खेतवारीमा काम गर्ने मानिस सबैभन्दा बढी जोखिममा परेका छन् ।

‘हाम्रो क्षेत्रमा प्रशस्त चट्ट्याङ परेका छन् । भैसी लिन बाहिर निस्कदा चट्ट्याङबाट सात वर्षीय बालकको मृत्यु भएको म अझै पनि सम्झन्छु’, पश्चिमी वंगालको एउटा विद्यालयकी शिक्षिका सन्ध्यारानी गिरी भन्छन् । उनी कोलकत्ताबाट १२० किलोमिटर दक्षिणमा पर्ने बंगालको खाडीनजिकैको फ्रसेरगन्ज गाउमा घनाबस्ती भएको एउटा गाउमा बस्छिन् ।

जलवायु परिवर्तनको जोखिमले चट्ट्याङ बढेका  वैज्ञानिकहरुको भनाई छ । जमिन र समुद्री सतहको तापक्रममा हुने बृद्धिले माथिल्लाे सतहकाे हावा तातो हुने र चट्ट्याङका लागि बढी उर्जा दिने बताइन्छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरूले गरेको एउटा अध्ययनअनुसार तापक्रममा बृद्धिसँगै अमेरिकामा चट्ट्याङ १२ प्रतिशतले बढ्न सक्छ । भारतमा बढ्दो शहरिकरण र रुखहरूको आवरणको कटौतीले तापक्रममा बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

  • नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

  • बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

    बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

  • ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन १२ गते सोमबार

    २०८२ साउन १२ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

    नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

    बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

    बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    ‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution