Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त : मन्त्री पाैडेल

प्रत्यूष ६६६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त : मन्त्री पाैडेल

लण्डन, १० जेठ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन् ।

मन्त्री पौडेलले बुद्ध फाउन्डेसन युकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनएको सहकार्यमा लन्डनको केन्द्र ट्राफल्गर स्क्वायरमा आयोजित २५६६ औं बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा हालै नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको सार्वजनिक रूपमा घोषणा गरेपछि अब गौतम बुद्धको जन्मस्थानबारे संसारभर कुनै भ्रम नभएको प्रष्ट पारे।

मन्त्री पौडेले धेरै भाषा, संस्कृति र सभ्याता भएको नेपाललाई विश्वभर चिनाउन सगरमाथा, गौतम बुद्ध र पशुपतिनाथले संसारको मार्गदिशा दिएको बताए।

प्रमुख अतिथिका रूपमा सहभागी पौडेलले गौतम बुद्ध दर्शन र भाषा, संस्कृति र सभ्यता बुझ्न नेपालको भ्रमण गर्न विश्वभरका राजनेताहरूलाई समेत आग्रह गरे।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरूको नागरिता, पैतिक सम्पत्तिको लगायतका विषयमा अधिकार खोज्ने बेला आएको भन्दै आआफ्नो क्षेत्रबाट लविङ गर्न आग्रह गरे। उनले  मातृभूमिको गुन तिर्न लगानी लैजान समेत अपिल गरे।

उनले गैरआवासीय नेपाली संघ नेपालको विकासमा जोडिन चाहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए।

कार्यक्रमलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले शान्तिका दूत भगवान् गौतम बुद्ध दर्शनले विश्वभर शान्तिको सन्देश दिएको बताए। उनले बुद्ध जन्मस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर गौतम बुद्ध नेपालमा जन्मिएको विवाद अन्त्य गराउन नेपाल सफल भएको बताए। उनले यसलाई नेपालको विजयी उत्सवको रूपमा मनाउनुपर्ने बताए।

बुद्ध फाउन्डेसन युकेको अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मौलिक धिमे बाजा, भैरव नाच, थारु नाच, नेपालको हिमाल, पहाड, तराई सबै क्षेत्रको मौलिक पहिचान झल्किने सांस्कृतिक झल्किने झाँकीहरू समेत प्रस्तुत गरिएको थियो।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, व्यवसायी महन्त श्रेष्ठ, नेपालबाट आएका ‘वल्र्ड पिस सेन्टर’ का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलिया लगायतका मुलुकबाट राजदूत एवं कूटनीतिक प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

समारोहमा बेलायती सांसद विरेन्द्र शर्मा, लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सञ्चारकर्मी लगायत बेलायतका विभिन्न क्षेत्रका आएका नेपाली संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।

कार्यक्रम संयोजन फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी राई लारा र सुर्य गुरुङले गरेका थिए।

कार्यक्रममा गायिका शर्मिला बर्देवा र गायक दीपक थापाले आआफ्नो प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

  • म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

  • खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

  • सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यकः राष्ट्रपति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    म्याग्दीको घतानमा लक्ष्यअघि नै सडक स्तरोन्नति

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    सुनचाँदीको मूल्य पुनः वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution